फुटबल प्रशिक्षकले बोलाए ५० खेलाडी, को को छन् ?

२०७८ असार ८ मंगलबार १६:५७:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५० जना खेलाडीलाई बोलाएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले आज प्रारम्भिक टोलीको नाम घोषणा गरेका हुन् । यसअघि विश्वकप छनोटमा बोलाइएका ३३ खेलाडीमा थप गर्दै उनले नाम सार्वजनिक गरे । नेपाल सुपर लिगमा गरेको प्रदर्शनलाई खेलाडी छनोटको आधार बनाइएको छ ।

साफ च्याम्पियनसिप र एएफसी एशीयन कप छनोट तेस्रो चरणको छनोटका तयारीमा रहेको नेपाली टोलीको अभ्यास जुलाइ १ बाट सुरु हुनेछ । दुइ सेसनमा अभ्यास हुने अखिल नेपाल फुटवल संघले जनाएको छ  । नौ खेलाडीले पहिलो पटक राष्ट्रिय टिमको अभ्यासमा स्थान बनाएका छन् । प्रकाश बुढाथोकीले लामो समय पछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् । अभ्यासमा बोलाइएका खेलाडीमा ६ जना गोलकपिर छन् । किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन बिस्ट, एरिक विस्ट, भरत खबास, अभिषेक रिजाल, जर्ज प्रिन्स कार्की, मनिष डांगी, विशाल राइ, सुनिल वल, लगायतका खेलाडी छन् ।

ताजा खबर