कोपाअमेरिका: क्वाटरफाईनल पुग्यो अर्जेन्टिना

२०७८ असार ८ मंगलबार १०:४८:०० मा प्रकाशित

काठमाडौं । अर्जेन्टिनाले कोपा अमेरिकाको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । आज विहान भएको खेलमा लियोनल मेसीको टोली अर्जेन्टिनाको पाराग्वेलाइ एक शून्य गोलले पराजित गरेपछि अन्तिम आठको यात्रा पक्का भएको हो ।

ब्रासिलियामा अजेन्टिनाले खेल सुरु भएको दशौं मिनेटमै अग्रता लिएको थियो । एंजल डि मारियाको पासमा अलेक्जान्द्रो गोमेजले गोल गरेका थिए । यहि गोल नै खेलको अन्तिम नतिजा बन्यो ।

दोस्रो हाफमा अर्जेन्टिनाले दोस्रो गोल गरेको थियो । डि मारियाको प्रहार पाराग्वेका डिफेन्डर जुनियर अलन्सोसँग ठोक्किँदै गोलमा परिणत भएको थियो । तर भिडियो एसिस्टेन्ट रेफ्रिको प्रयोग पछि गोलले मान्यता पाएन । सो गोललाई असफाइड दिइएको थियो । मेसीले  मौका सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन् ।

पाराग्वेले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । तर खेल बराबरी गर्न असफल भयो । मेसीका लागि यो खेल ब्यक्तिगत रुपमा निकै महत्वपूर्ण रह्यो । उनले राष्ट्रिय टिमबाट एक सय ४७ खेलको कीर्तिमान बराबरी गरेका छन् । जाभिएर माशेरानोले अर्जेन्टिनाका लागि सर्वाधिक  १ सय ४७ खेलको कीर्तिमान बनाएका थिए ।

गत नोभेम्बर यता पहिलो पटक अर्जेन्टिनाका लागि खेलेका सर्जियो अग्वेरोले खासै प्रभाव जमाउन सकेनन् । अर्जेन्टिना १६ खेल देखि अपराजित छ ।

जारी कोपामा तीन खेलबाट सात अंक जोडेको अर्जेन्टिना समूह ए को शीर्ष स्थानमा छ । चिली दोस्रो र पाराग्वे तेस्रो स्थानमा छ । उरुग्वे  चौथो र बोलिभिया पाँचौ स्थानमा छ ।

आज बिहानै भएको खेलमा उरुग्वेले चिलीसँग एक एक गोलको बराबरी खेलेको थियो । २६ औं मिनेटमा चिलीका इडुवार्डो भर्गासले गोल गरेका थिए । तर ६६ औं मिनेटमा चिलीकै अटुरो भिडालले आत्मघाती गोल गरेपछि उरुग्वे हारबाट जोगिदा चिली तीन अंक जोड्न चुक्यो ।

ताजा खबर