युरो कप: क्रिस्टियनको टिम अन्तिम १६ मा सुरक्षित 

२०७८ असार ८ मंगलबार १०:३९:०० मा प्रकाशित

काठमाडौं । सुरुका दुइ खेलमा पराजय र आफ्ना स्ट्राइकर क्रिस्टियन एरिक्सनलाई कार्डियाक अरेस्टक भएपछि पनि डेनमार्कले युरोकपको अन्तिम १६ मा स्थान बनाएको छ । समूहको अन्तिम खेलमा रुस माथि ४–१ गोलको शानदार जीतका साथ डेनमार्क उपिजेताका रुपमा नक आउट चरण पुग्यो । समूह बी मा रहेको डेनमार्क तीन खेलमा तीन अंक जोड्दै दोस्रो स्थानमा रह्यो ।

रुस विरुद्ध मैदान उत्रँदासम्म डेनमर्क जीत विहिन थियो । अर्थात उसले समूहको पहिलो खेलमा फिनल्यान्डँंग एक शून्यको पराजय बेहोरेको थियो । यहि खेलका क्रममा एरिक्सनलाई मैदानमै कार्डियाक अरेस्ट भएको  थियो । यो घटना पछि विथोलिएको बनेको डेनिस टिमले दोस्रो खेलमा बेल्जियमसाग दुइ एकको हार बेहोरेको थियो । डेनमार्क आफु जित्नै पर्ने र फिनल्यान्डलाई बेल्जियमले पराजित गर्नु पर्ने स्थितिमा रहेको थियो ।

दुवै नतिजा आफु अनुकूल आएपछि उसले समूह चरण पार गर्यो । उसका लागि ३८ औं मिनेटमा मिकेल डाम्सगार्डको गोलको खाता खोले । ५९ औं मिनेटमा युसुफ पुलसेनले अग्रता दोब्बर पारे । ७० औं मिनेटमा रुसका आर्टेम ज्युबाले पेनाल्टिमा गोल फर्काएका थिए । तर ७९ औं  मिनेटमा क्रिस्टेनसेन र ८२ औं मिनेटमा योकिम मिलले गोल गरेपछि डेनमार्कले सन २००४ पछि पहिलो पटक युरोको नक आउट चरणमा स्थान बनायो ।

डेनमार्क सुरुका दुइ खेल हारेर पनि युरोको नक आउट पुग्ने पहिलो टोली हो । हारपछि रुस प्रतियोगिताबाट बाहिरियो । फिनल्यान्डसँग समान तीन अंक भएपनि गोल अन्तरका आधारमा रुस पछि परेको हो । बेल्जियम लगातार तेस्रो जीत हात पार्दै समूह बीको विजेता बनेको छ । बेल्जियमले फिनल्यान्डलाई दुइ शून्य गोलले हरायो । यो खेल अघिनै अन्तिम १६ मा पुगेको  बेल्जियमले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो ।

७४ औं मिनेटमा फिनल्यान्डका गोलकिपर लुकास हादेक्चीले आफ्नै पोस्टमा गोल गरे । ८१  औं मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले आफ्नो आफ्नो अपराजित यात्रा कायमै राख्यो । बेल्जियमले तीन खेलमा ९ अंक बटुल्यो । ३ अंकका साथ तेस्रो स्थानमा रहेको फिनल्यान्ड पनि नक आउट पुग्ने संभावना कायमै छ ।  

ताजा खबर