जेनिसिसको कार्यक्रमका लागि नेपाली टोली जापान प्रस्थान

२०७४ मङ्सिर ११ सोमबार २२:०२:०० मा प्रकाशित

काठमाडौ, जेनिसिस ( जापान इस्ट एशिया नेटवर्क अफ एक्सचेन्ज अफ स्टुडेन्ट एण्ड यूथ) को कार्यक्रममा सहभागी हुन नेपाली युवाहरुको पहिलो व्याच जापान प्रस्थान गरेको छ ।
 आइतबार जापानमा सुरु हुने कार्यक्रममा सहभागी हुन १३ जना युवा युवती तथा सुपरभाइजरको टोली जापान प्रस्थान गरेको हो । टोलीमा दुई जना उच्च माध्यमिक तह र अन्य १० जना विश्वविद्यालयमा अध्ययनरत युवा रहेका छन् । जापान सार्क नेटवर्कको कार्यक्रममा सहभागी हुन विद्यार्थीको टोली ९ मंरिमा जापान प्रस्थान गरेको हो । जेनिसिसको कार्यक्रममा सहभागीता जनाउने नेपाली विद्यार्थीको टोली सार्क मुलुकबाटै पहिलो व्याच हो । 

कार्यक्रमको लक्ष्य  विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने तथा उनीहरुलाई सार्क सदस्य मुलुकको विकासमा सहभागीता जनाउन प्रेरित गर्ने रहेको छ । त्यस्तै जापान र सहभागी मुलुकका जनताबीचमा आपसी विश्वास तथा समझदारी कायम गर्ने एवं सहयोग र मित्रताको आधार तय गर्ने लगायत रहेका छन् । कार्यक्रमबाट जापानले आफ्नो समाज, इतिहास, विविध सस्कृति, राजनीति, अर्थतन्त्र र कुटनीतिक सम्बन्धको विश्वव्यापि रुपमा प्रवद्र्धन हुने अपेक्षा गरेको छ । 
नेपाली प्रतिनिधि मण्डललाइ  जापान बसाइका क्रममा दुई समुहमा विभाजन गरेर अन्य सार्क मुलुकका सहभागीको समुहमा सहभागी गराइने छ । त्यस मध्य एउटा समुह अकितामा भ्रमण गर्ने छ भने अर्काे समुहले नागासिकी पिस पार्क र नागासिकी अटोमिक बम्ब संग्रालयको अवलोकन गर्ने छ । दुवै समुहले जापानी परिवारसँगको होमस्टेको अनुवभ लिने तथा परम्परागत र जापानको मूल्यवान टिपिकल संस्कृतिको अनुभव समेत लिन पाउने छन् । प्रतिनिधि मण्डल ६ डिसेम्बरमा नेपाल फर्किने कार्यक्रम रहेको छ । यस्ता कार्यक्रमले नेपाल र जापानबीचको मैत्रिसम्बन्ध सुमधुर हुने जापानी दुतावासको विश्वास रहेको छ । 
 

ताजा खबर