स्विटजरल्याण्ड नकआउट पुग्ने बलियो सम्भावना, युरोकपबाट बाहिरियो टर्की

२०७८ असार ७ सोमबार ११:५८:०० मा प्रकाशित

काठमाडौं । स्विटजरल्यान्डले युरोकपको नक आउट चरण पुग्ने संभावना वलियो बनाएको छ । समूह ए मा रहेको स्विटजरल्यान्डले आफ्नो अन्तिम खेलमा टर्कीलाई ३–१ गोलले पराजित गर्यो ।

बाकु ओलम्पिक स्टेडियामा भएको नक आउट पुग्ने संभावना जिवीतै राख्न जित्नै पर्ने दवावका साथ उत्रिएको स्विस टोली शानदार प्रदर्शन गर्यो । खेल सुरु भएको छैटौं मिनेटमै ह्यारिस सेफेरोभिचको गोल मार्फत स्विटजरल्यान्डले अग्रता लिएको थियो । 

२६ औं मिनेटमा जद्रान सकिरीले अग्रता दोब्बर बनाए । ६२ औं मिनेटमा यान काभाचिले गोल गर्दै टर्कीलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६८ औं मिनेटमा सकिरीले ब्यक्तिगत दोस्रो गोल गरेपछि स्विटजरल्यान्डले तीन एक गोलको जीत हात पार्दै महत्वपूर्ण तीन अंक बटुल्यो । तिनै खेलका लागि स्टििभन जुबेरले पास उपलब्ध गराएका थिए ।

युरोको एकै खेलमा तीन गोलका लागि एसिस्ट गर्ने जुबेर दोस्रो खेलाडी हुन् । यसअघि टर्कीका हामित एल्टिनटपले सन २००८ को युरोमा चेक रिपब्लिक विरुद्ध तीन पास उपलब्ध गराएका थिए । यो जीतले स्विटजरल्यान्डको उत्कृष्ट तेस्रो टोलीका रुपमा अन्तिम १६ मा पुग्ने संभावना उच्च बनेको छ ।

तीन खेलबाट चार अंक सहित स्विटजरल्यान्ड तेस्रो स्थानमा छ । जीतका बाबजुत पनि स्विटजरल्यान्ड गोल अन्तरमा वेल्स भन्दा पछि पर्यो । युरोमा समुहका शीर्ष दुइ र उत्कृष्ट तेस्रो हुने चार टिमले अन्तिम १६ मा स्थान पाउनेछन् । लगातार तेस्रो पराजय पछि टर्की भने समूह चरणबाटै बाहिरियो । युरो सुरु हुनु अघि टर्कीलाई डार्क हर्सेस टिमका रुपमा ब्याख्या गरिएको थियो । तर उसले सोचे अनुसारको खेल देखाउन सकेन् । जारी युरोमा समूह चरणबाट बाहिरिने टर्की दोस्रो टोली हो । यसअघि नै नर्थ मेसिडोनिया बाहिरी सकेको छ । 

ताजा खबर