एरिक्सन अस्पतालबाट घर फर्किए

२०७८ असार ५ शनिबार १०:३३:०० मा प्रकाशित

काठमाडौं । डेनमार्कका स्ट्राइकर क्रिस्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । मुटुको सफल शल्यकृया पछि उनी घर फर्किएका हुन् ।

२९ वर्षिय एरिक्सनको मुटुमा हर्ट स्टार्टिङ डिभाइस राखिएको छ । गत शनिबार युरोकप अन्तर्गत फिनल्यान्ड विरुद्धको खेलका क्रममा एरिक्सनलाई कार्डियाक अरेस्ट भएको थियो । टोटनहमका पुर्व खेलाडी एरिक्सन ४० औं मिनेटमा अचेत भएर मैदानमा ढलेका थिए । अस्पतालबाट डिस्चार्ज भएपछि उनले टिमका खेलाडीसँग भेटेका थिए ।

अहिले उनी परिवारसँग घर फर्किएको बताइएको छ । उनले प्रार्थनाका लागि सवैप्रति आभार ब्यक्त गरेका छन् । एरिक्सनलाई पिचमा प्राथमिक उपचार गरेपछि तत्काल अस्पताल लगिएको थियो । त्यसपछि फिनल्यान्ड र डेनमार्क बीचको खेल एक घन्टा भन्दा बढी समय स्थगित भएको थियो । पुन सुरु भएको खेलमा डेनमार्क एक शून्यले पराजित भयो । 

ताजा खबर