फ्लाइङ सिख अर्थात् चर्चित एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको निधन 

२०७८ असार ५ शनिबार १०:२७:०० मा प्रकाशित



चन्डीगढ । फ्लाइङ सिख उपनामले परिचित भारतका चर्चित एथ्लेटिक्स खेलाडी मिल्खा सिंहको निधन भएको छ । कोरोना भाइरस संक्रमण पछि उत्पन्न स्वास्थ्य समस्याका कारण मिल्खाको ९१ वर्षको उमेरमा गएराती निधन भएको हो ।

मिल्खालाइ केही साता अघि कोरोना संक्रमण भएको थियो । कोरोना भाइरस नेटेटिभ आएसकेपछि पनि मिल्खामा त्यससँग सम्बन्धि अरु स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएको थियो । उनको चन्दीगढको एक अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । मिल्खा श्रीमती निर्मलको पनि कोरोनाकै कारण गत साता निधन भएको थियो । मिल्खा भारतीय खेलकुदका हाइ प्रोफाइल खेलाडी हुन् । उनले एशीयन गेम्समा चार स्वर्ण जितेका थिए । सन् १९५८ को टोकियो एशीयन गेम्समा दुइ सय र ४ सय मिटर दौडमा स्वर्ण जितेका थिए । १९६२ को जकार्ता एशीयन गेम्समा पनि सोही इभेन्टमा दुइ स्वर्ण हात पारेका थिए । उनले रोम ओलम्पिकमा भारतको प्रतिनिधत्व गरेका थिए । 

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले एक महान खेलाडी गुमाएको भन्दै दुख  ब्यक्त गरेका छन् । वलिउडमा उनको जीवनीमा आधारित भाग भिल्खा भाग नामक चलचित्र बनेपछि उनी नया पुस्ता माझ पनि उत्तिकै लोकप्रिय बनेका थिए । सिनेमामा मिल्खाको भूमिका कलाकार फरहान अख्तरले निभाएका थिए । यो चलचित्र सुपर हिट भएको थियो । 

ताजा खबर