क्रिकेट विश्वकप लिग: नेपाली खेलाडीलाई बन्द प्रशिक्षणको निम्तो

२०७८ असार ५ शनिबार ०९:२५:०० मा प्रकाशित

काठमाडौं । क्रिकेट विश्वकप लिग टु अन्र्तगत स्पेन भ्रमणका लागि नेपाल क्रिकेट संघ क्यानले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । शरद भेषवाकर र पृथु बाँस्कोटा सहित २० खेलाडी बोलाइएको हो । नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलत त्रिकोणात्मक सिरिज जुलाइ तेस्रो साता हुने बताइएको छ ।

 क्यानले अभ्यासमा बोलाएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, सुशान भारी, कुशल भुर्तेल, कुशल मल्ल, कमल सिंह ऐरी, आरिफ शेख, विनोद भन्डारी, अभिनास बोहरा, विक्रम सोब, पारस खड्का, करण केसी, संदिप जोरा, पवन सरार्फ, दिपेन्द्र सिंह ऐरी, संदिप लामिछाने र साहब आलम छन् ।

यसअघि सिरिज स्कटल्यान्डमा हुने तालिका थियो । तर कोभिन  १९ का कारण स्पेनमा सरेको हो । बन्द प्रशिक्षणमा बोलाइएका अधिकांश खेलाडी घरेलु मैदानमा केही महिना अघि भएको त्रिकोणात्मक सिरिज खेलेका खेलाडी छन् । नेपाल, नेदरल्यान्डस र मलेसिया सम्मिलित सिरिज नेपालले जितेको थियो ।  

ताजा खबर