युरोकप: कसैलै कसैलाई हराउन नसकेको खेल

२०७८ असार ५ शनिबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । इङल्यान्डले युरोकपको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डसँग गोल रहित बराबरी खेलेको छ । दुवै देशको नक आउट चरण पुग्ने संभावना भने यथावत छ ।

वेम्बली स्टेडियममा २५ हजार ५ सय समर्थक बीच भएको खेलमा दुवै टिमले गोल गर्ने अवसर पाएपनि डेडलक तोड्न सकेनन् । ११ औं मिनेटमा इङल्यान्डले गोलको सुनौलो अवसर पाएको थियो । मेसोन माउन्टको कर्नरमा जोन स्टोन्सको प्रहार क्रस बारमा लागेर फकिएपछि इङल्यान्ड निराश बन्यो । उपाधी दावेदार टोली इङल्यान्ड विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको स्कटल्यान्डको दुइ शसक्त प्रहार सफल हुन सकेन् । ३० औं मिनेटमा इङल्यान्ड गोलकिपर जोर्डन पिकफर्डले स्टकल्यान्डका स्टिफन ओडोनलको प्रहारको उत्कृष्ट बचाउ गरे ।

६२ औं मिनेटका इङल्यान्डका डिफेन्डर रीस जेम्स लागि बाधक बने । उनले लिन्डन डाइक्सको प्रहार गोल लाइनबाट बचाएका थिए । आफ्नो पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको स्कटल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै इङल्यान्डको सात खेल देखिको जीतमा पूर्णविराम लगाइदियो । समग्रमा १ सय १५ औं भेटमा यी दुइ टिमले केवल चौथो पटक गोल रहित बराबरी खेलेका हुन् । 

इङल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले  स्कटल्यान्ड विरुद्ध औसतमा २५ वर्ष ३१ दिन उमेरका खेलाडीलाई मैदानमा उतारेका थिए । उसले कुनैपनि प्रमुख प्रतियोगितामा उतारेको यो सवैभन्दा युवा टोली हो । समूह डी मा रहेको इङल्यान्डले आफ्नो पहिलो खेलमा क्रोएसशयालाई हराएको थियो । दुइ खेलबाट चार अंक जोड्दै इङल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । स्कटल्यान्ड एक अंकका साथ चौथो स्थामा छ ।

 

ताजा खबर