युरोकप: फिनल्याण्डलाई एक गोलमै रोकेर रुस बिजयी

२०७८ असार २ बुधबार २१:२१:०० मा प्रकाशित

मस्को । रुसले जारी युरोकपमा पहिलो जीत हात पारेको छ । समूह बी मा रहेको रुसले बुधबार साँझ भएको खेलमा फिनल्यान्डलाई एक शून्य गोलले पराजित गरेको हो ।
 
सेन्ट पिटर्सबर्गमा भएको खेलमा रुसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेको थिए । उसका लागि एलिक्सी मिरानचुकले फिनल्यान्डले डिफेन्डरले घेरेपनि गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । सोही गोल रुसका लागि तीन अंक जोड्न पर्याप्त भयो । यो सँगै एलेक्सिले राष्ट्रिय टिमबाट नौ खेल देखीको आफ्नो गोलको खडेरी पनि तोडे । पहिलो खेलमा बेल्जियम संग तीन शून्यले हारेको रुसले यो नतिजा पछि नक आउट चरण पुग्ने संभावना कायमै राखेको छ ।

पहिलो पटक युरोकप खेलिरहेको फिनल्यान्डले रुसलाई पराजित गरेको भ एनक आउट चरणमा स्थान बनाउने थियो । जोएल पोहेयानपालोले गोल गर्दै फिनल्यान्डलाई अग्रता दिएको सोचेका पनि थिए । तर उनको गोल अफसाइड भएपछि फिनल्यान्ड अभागी सावित भयो । उसको जारी युरोमा यो पहिलो हार हो ।

अघिल्लो खेलमा उसले डेनमार्कलाई हराएको थियो । सो खेल डेनमार्कका स्ट्राइकर क्रिस्टियन एरिक्सन कार्डियाक अट्याक्ट भएर मैदानमै लडेपनि छायाँमा परेको थियो । फिनल्यान्ड टिमका खेलाडीले रुस सँगको खेल सुरु हुनु अघि गेट वेल क्रिस्टियन लेखेको टि सर्ट लगाएका थिए । यो नतिजा पछि रुस र फिनल्यान्ड दुवैको समान ३–३ अंक भएको छ । समूहको अन्तिम खेलमा रुसले डेनमार्क र फिनल्यान्डले बेल्जियमसँग खेल्नेछ । 

ताजा खबर