नेपालले एसियन कपको तेस्रो चरण खेल्न पाउने

२०७८ असार २ बुधबार २१:१६:०० मा प्रकाशित

काठमाडौं । नेपालले सिधै एएफसी एशियन कपको तेस्रो चरण खेल्न पाउने भएको छ । एशियाली फुटवल महासंघले छनोट प्रकृया परिमार्जन गरेपछि नेपालले प्ले अफ खेल्न नपर्ने भएको हो ।

फिफा विश्वकप छनोटको चौथो स्थानमा रहेको  नेपालले अब तेस्रो चरणमा प्रतिस्पर्धा गर्नेछ । यसअघि चौथो स्थानमा रहेपछि प्ले अफ खेल्नुपर्ने भनिएको थियो । तर चीन एशिया कपको आयोजक र विश्वकप आयोजक कतार साविक विजेता भएका कारण चौथो स्थानमा रहने टिमले सिधै तेस्रो चरण खेल्ने मौका पाएको एएफसीले जनाएको छ । यो नियमपछि  छनोट खेलमा ए देखि एच समूहको चौथो स्थानमा रहेका सवै आठ टिमले अवसर पाएका छन् ।

नेपाल सँगै माल्दिभ्स, श्रीलङका, हङकङ, सिंगापुर, अफगानिस्तान, मंगोलिया र थाइल्यान्डले पनि तेस्रो चरण खेल्ने अवसर पाए । पाँचौ स्थानमा रहेका शीर्ष तीन टिमले पनि सिधै प्रवेश पाए । यसरी प्रवेश पाउनेमा यमन, बंगलादेश र म्यानमार छन् । इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र ग्वामले भने प्ले अफ  खेल्नुपर्नेछ ।

ताजा खबर