होमग्राउण्डमा हार्यो हंगेरी, हरेस खाईसकेको पोर्चुगल बिजयी

२०७८ असार २ बुधबार ०९:५८:०० मा प्रकाशित

काठमाडौं । पोर्चुगलले युरोकप अन्तरगत समूहको आफ्नो पहिलो खेलमा हंगेरीलाई शून्यका विरुध्द तीन गोलको रोचक अन्तरमा पराजित गरेको छ ।

बुडापेस्टस्थित पुस्कास एरिनामा भएको  समूह एफको खेलमा पोर्चुगलले खेलको अन्तिम समयमा तीन गोल गरेको हो । पहिलो हाफमा खेल नियन्त्रणमा राखेपनि फर्नान्डो सान्तोषको टोली पोर्चुगलले गोल गर्न सकेन् । डिएगो जोटाले दइ पटक गोलको सुन्दर मौका गुमाए । क्रिस्टियानो रोनाल्डो पनि चुकेपछि पोर्चुगल निराश बनेको थियो ।

दोस्रो हाफमा हंगेरीले पोर्चुगल माथि दवाव बनाएको थियो । ८४ औं मिनेटमा हंगेरीका सब्सिच्युट साबोच सिनले गोल गरेका थिए । तर उनको गोल अफसाइड भयो । ८४ औं मिनेटमा रफाल गुरेरोले डेड लक तोडे । गुरेराको गोल युरो फाइनल चरणमा  ५० औं गोल हो । पोर्चुगलको ८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टिमा गोल गरेपछि पोर्चुगल दुइ शून्यले अघि रह्यो ।

हंगेरीका विल्ली ओर्बानले रफा सिल्भालाई फाउल गरेपछि पोर्चुगलले पेनाल्टि पाएको थियो । जसलाई रोनाल्डोले गोलमा परिणत गरे । इन्जुरी समयमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलले महत्वपूर्ण तीन अंक बटुल्यो । हंगेरीसँग खेलेका सवै १४ खेलमा पोर्चुगल अहिलेसम्म पराजित भएको छैन ।

अब पोर्चुगलले शनिबार जर्मनी र हंगेरीले फ्रान्ससँग खेल्नेछ । 

ताजा खबर