बलिउड गायिका मोनाली आउँदै

२०७४ मङ्सिर ११ सोमबार १३:३२:०० मा प्रकाशित

काठमाडौं ।  चर्चित बलिउड गायिका मोनाली ठाकुर चाँडै नेपाल आउने भएकी छन् ।

डिसेम्बर ९ तारिखमा आयोजना हुन लागेको ‘मोनाली ठाकुर लाइभ इन नेपाल’ नामक कार्यक्रममा उनले आफ्ना चर्चित गीत गाउनेछिन् । पर्र्फेट प्लान इन्टरटेन्मेन्टको प्रस्तुतीमा आयोजना हुन लागेको कार्यक्रम काठमााडौंको दरबारमार्ग पूर्वको डेजा भू क्लबमा प्रदर्शन हुने बताईएको छ ।

 आयोजकले बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने बताएको छ । यो कार्यक्रममा नेपाली चलचित्रका नायकद्वय सलोन बस्नेत र आमेष भण्डारीको पनि विशेष प्रस्तुती रहनेछ ।

साथमा, नेपालका केही चर्चित ब्याण्डले पनि कार्यक्रममा आफ्नो प्रस्तुती दिनेछन् । मोनालीका ‘मोह मोहके धागे, बद्री कि दुल्हनिया, सवार लो, छम छम, रघुपति रागव, जरा जरा टच मी’ लगायतका गीत चर्चित छन् ।

ताजा खबर