युरोकप: स्पेनको निराशाजनक प्रदर्शन

२०७८ असार १ मंगलबार ०९:५०:०० मा प्रकाशित

काठमाडौं । उपाधी दावेदार टिम स्पेनले युरोकपको आफ्नो पहिलो खेलमा निराशाजन प्रदर्शन गरेको छ । समूह इ मा रहेको स्पेन स्विडेनसँग गोल रहित बराबरीमा रोकियो । सेभिलमा भएको खेलको अधिंकाश समय खेल आफ्नो पक्कडमा राखेपनि स्पेनले गोल गर्न भने सकेन । घरेलु मैदानमा स्पेन स्विडेनको डिफेन्स तोड्न असफल भयो ।

अल्भारो मोराटा र डेनी ओल्मोले गोलको मौका गुमाएका थिए । स्विडेनका युवा अलेक्जेन्डर इसाकले स्पेनलाई स्तब्ध बनाउने अवसर पाएका थिए । तर सफल भएनन् । यो नतिजाले स्पेनिस समर्थकको  मुड अफ भएको  छ । 

युरो सुरु हुनु अघि कप्तान सर्जियो बुस्केट सहित दुइ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै खेलाडी छनोटमा पनि प्रश्न उठेको थियो । प्रशिक्षक लुइस इनरिकेले फिटनेसमा समस्या भएको भन्दै रियाल मड्रिडका सर्जियो रामोसलाई टिममा समावेश गरेनन् ।

महामारीका कारण युरो खेल्ने सवै टिमले राम्रो तयारी गर्न  पाएका छैनन् । पहिलो हाफमा स्पेनले ४ सय १९ पास पुरा गरेको थियो । यो सन १९८० मा तथ्याङक संकलन गर्न सुरु गरेयता युरोपियन च्याम्पियनसिपमा पहिलो हाफमा भएको सवैभन्दा धेरै पास हो । यसै खेल मार्फत  १८ वर्ष २ सय १ दिनका पेड्रि युरोकप खेल्ने स्पेनका सवैभन्दा कान्छा खेलाडी बनेका  छन् ।

ताजा खबर