बिदेशीको लागि अंग्रेजी सबटाइटल

२०७४ असार ७ बुधबार ०६:४३:०० मा प्रकाशित

काठमाडौंं, ७ असार । दिपेन्द्र के खनाल निर्देशन रहेको चलचित्र ‘धनपति’ अंग्रेजी सव टाइटल सहित प्रर्दशन  हुने भएको छ । राजधानीको कमलपोखरीस्थित कुमार हलमा मात्रै अंग्रेजी सव टाइटल सहित फिल्म हेर्न सकिने निर्देशक खनालले जानकारी दिए । नेपाली दर्शकलाई मात्र होइन विदेशीहरुलाई पनि हलसम्म तान्न यो फिल्ममा अंग्रेजी सव टाइटलमा राखेर प्रदर्शन गर्न लागिएको निर्देशक दिपेन्द्र क खनाल बताउँछन् । अहिले नेपाली फिल्मप्रति बिदेशीलाई पनि चासो बढ्दै गएको छ ।

त्यसैले उनीहरुकको चासो बुझेर पनि चलचित्रमा अंग्रेजी सव टाइटल राख्न लागिएको हो ।  युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालहरुमा विदेशीहरुले अंग्रेजी सव टाइटलमा फिल्म ‘धनपति’ हेर्ने इच्छा व्यक्त गरेका हुनाले पनिआफुहरुले फिल्ममा अंग्रेजीमा सव टाइटल राखेर प्रर्दशन गर्न लागेको निर्देशक खनाल बताउँछन् । 

खगेन्द्र लामिछाने शिर्ष भूमिका रहेको फिल्ममा सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरवी बर्तौला लगायत कलाकारहरुको अभिनय रहेको छ । रोजिना सिटौला निर्माता रहेको ‘धनपति’ यही असार २३ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
 

ताजा खबर