युरो कप: अष्ट्रियाले खाता खोल्यो, नर्थ मेसिडोनियाको डेब्य खेल

२०७८ जेठ ३१ सोमबार ०९:३१:०० मा प्रकाशित

काठमाडौं । अस्ट्रियाले युरोकपको आफ्नो पहिलो खेलमा नर्थ मेसिडोनिया विरुध्द तीन गोल गरेर जीत हात पारेको छ । नर्थ मेसिडोनियाले एक गोल मात्र फर्काउन सकेको थियो ।

युरोमा अस्ट्रियाको यो पहिलो जीत हो । यसअघि सन २००८ र २०१६ मा युरो खेलेको अस्ट्रिया जीत विहिन बनेको थियो । 

रोमानियाको बुखारेस्टस्थित नेशनल स्टेडियममा भएको खेलमा अस्ट्रियाले १८ औं मिनेटमा स्टेफन लेनरको गोल मार्फत अग्रता लिएको थियो । उनले यो गोल कार्डियाक अट्याक्ट भएर मैदानमा अचेत भएका डेनमार्कका क्रिस्टियन एरिक्सन प्रति समर्पित गरे । २८ औैं मिनेटमा मेसिडोनियाका भेट्रान स्ट्राइकर गोरान पान्डेभले खेल बराबरी गरेका थिए । तर दोस्रो हाफमा अस्ट्रियाले दुइ गोल थप्यो । ७८ औं मिनेटमा  मिचेल ग्रेगोरिच र ८९ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गरेका थिए ।

अस्ट्रियाले तेस्रो पटक मेसिडोनियालाई पराजित गरेको हो । यसअघि छनोट चरणमा भएको खेलमा अस्ट्रिया पहिलो लेगमा दुइ एक र दोस्रो लेगमा चार एक गोलले विजयी भएको थियो । सन १९९० को फिफा विश्व कपमा अमेरिकालाई दुइ गोलले हराए यता अस्ट्रियाले मुख्य प्रतियोगितामा जीत हात पारेको यो पहिलो पटक हो ।

मेसिडोनियाको युरोमा यो डेब्यु खेल हो । 

ताजा खबर