युरो कप: नेदरल्यान्डस र युक्रेनको रोमाञ्चक प्रतिष्पर्धा

२०७८ जेठ ३१ सोमबार ०९:२४:०० मा प्रकाशित

काठमाडौं । युरोकपमा नेदरल्यान्डसले युक्रेन विरुध्द तीन दुइ गोलको रोमाञ्चक जीत हात पारेको छ । नेदरल्यान्डसको जीतमा डेन्जाल डमफ्रिसले विजयी गोल गरे ।

समूह सीको खेलमा नेदरल्यान्डसले पहिलो हाफ गोल रहित बराबरी खेलेको थियो । एम्सटर्डमा भएको खेलमा दुवै टोलीले गोलका केही राम्रा मौका गुमाएका थिए । ५२ औं मिनेटमा कप्तान जर्जिनो विनाल्डमले नेदरल्यान्डसलाई अग्रता दिलाए । ५९ औं मिनेटमा वाउट ब्याकहोस्र्टले अग्रता दोब्बर पारे ।

दुइ शून्यले पछि परेको युक्रेनले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरी गर्यो । उसले ५ मिनेटको अन्तरमा दुइ गोल फर्कायो । ७५ औं मिनेटमा आन्द्री यर्मोलेन्को र ७९ औं मिनेटमा रोमन यारेमचुकले गोल गरेका थिए । रोमाञ्चक बनेको खेलमा ८५ औं मिनेटमा डमफ्रिसले गोल गरेपछि नेदरल्यान्डस तीन अंक जोड्न सफल भयो । 

नेदरल्यान्डसले सन २००८ पछि पहिलो पटक युरोकपको फाइनल चरणमा जीत हात पारेको हो । नेदरल्यान्डसले १७ जुनमा अस्ट्रियन र युक्रेनले नर्थ मेसिडोनियासँग खेल्नेछ । 

ताजा खबर