यस वर्षको ‘मिस युनिभर्स’ दक्षिण अफ्रिकाकी नेल पिटर्स

२०७४ मङ्सिर ११ सोमबार १२:४४:०० मा प्रकाशित

काठमाडौं, ११ मंसीर । यस वर्षको मिस युनिभर्स २०१७ को ताज दक्षिण अफ्रिकाकी डेमी ली नेल पिटर्सले जितेकी छिन्। साउथ अफ्रिका नेल पिटर्सले विश्वका ९२ सुन्दरीलाई उछिन्दै ‘मिस युनिभर्स’ बन्न सफल भएकी हुन्। पहिलो रनरअप कोलम्बियाकी लाउरा गोन्जालेज भइन् भने दोस्रो रनरअपको उपाधि जमैकाकी डाभिना बेनेटले जित्न सफल भइन्  । 

बिजनेस म्यानेजमेन्ट विषयमा स्नातक गरेकी नेलले कार्यक्रममा आफ्नी अपांगता भएकी सौतेनी बहिनी आफ्नो प्रेरणाको स्रोत भएको बताएकी थिइन्।

अमेरिकाको लस भेगासस्थित एलेक्सेस थिएटरमा सोमबार बिहान सम्पन्न प्रतियोगितामा  कोलम्बियाकी लाउरा गोन्जालेज, जमैकाकी डाभिना बेनेट, दक्षिण अफ्रिकाकी डामी लेगा नेल पिटर्स, थाइल्यान्डकी मारिया पुनलेर्टरार्प र भेनेजुयलाकी केइसी सियागो टप–५ मा प्रवेश गर्न सफल भएका थिए। 

नेपाल, कम्बोडिया र लाओसले पहिलोपल्ट ‘मिस युनिभर्स’मा भाग लिएका थिए। नेपालकी नग्मा श्रेष्ठ पहिलो चरणबाट बाहिरिएकी थिइन्। 
६६ औँ मिस युनिभर्समा विश्वभरका झन्डै एक सय सुन्दरीहरुले भाग लिएका थिए। 

ताजा खबर