डेनिस मित्र एरिक्सन सम्झेर बेल्जियमका लुकालु भावुक

२०७८ जेठ ३० आइतबार १०:०४:०० मा प्रकाशित

काठमाडौं । बेल्जियमले युरोकपको आफ्नो पहिलो खेलमा रुसलाई ३ गोललेको हराएको छ । रुसको घरेलु मैदान सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्ज्यिमले दशौं मिनेटमै गोल गरेको थियो । उसका लागि रोमेलु लुकाकुले गोल गरे । लुकाकुले गोल इन्टर मिलनका  आफ्ना टिम मेट क्रिस्टियन एरिक्सनलाइ समर्पित गरे । उनले क्यामरा नजिकै आएर  क्रिस आइ लभ्यु भनेका थिए ।

३४ औं मिनेटमा सब्सिच्युट  थोमस मुनिएरले अग्रता दोब्बर बनाए । उनी सब्सिच्युट भएर पहिलो हाफमा युरोमा गोल गर्ने पहिलो खेलाडी हुन्् । सुरुबाटै वलियो देखिएको बेल्ज्यिमका लागि लुकाकुले ८८ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका थिए । समूह बीमा रहेको बेल्जियमले तीन अंक जोडेको छ । 

लुकाकुको बेल्जियमका लागि ९४ खेलमा यो ६२ औं गोल हो । पछिल्ला १५ खेलमा उनले २० गोल गरेका छन । बेल्जियमको  युरोको समूह चरणमा  यो दोस्रो पटक ठूलो मार्जिनको जीत हो । यसअघि २०१६ मा रिपब्लिक अफ आयरल्यान्डलाई तीन शून्य गोलले नै हराएको थियो ।

रुसले पहिलो हाफमा दुइ खेलाडी चोटका कारण गुमाएपछि दवावमा परेको थियो । रुस युरोपमा ६ खेल देखि जीत विहिन छ । एरिक्सनको घटनाले गएरातीका सवै खेल छायाँमा परे । खेलपछि लुकाकुले एरिसक्सनको समाचारले धेरैबेर रोएको बताए । आफुले परिवार भन्दा बढी समय एरिक्सनसँग विताएको उनको भनाइ थियो ।
 

ताजा खबर