इतिहास रचिछाडे यी ग्रिस खेलाडीले

२०७८ जेठ २९ शनिबार ०९:४७:०० मा प्रकाशित

काठमाडौं । स्टेफानोज चिचिपाच ग्रान्डस्लामको फाइनल पुग्ने पहिलो ग्रिस खेलाडी बनेका छन् । २२ वर्षिय चिचिपासले जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन टेनिसको फाइनलमा स्थान बनाए । यसअघिसम्म कुनैपनि ग्रिस खेलाडीले ग्रान्डस्लामको सेमीफाइनल पार गर्न सकेका थिएनन् ।

रोमाञ्चक प्रतिस्पर्धा र नाटकिय सेमीफाइनलको पहिलो दुइ सेट पाँचौ वरियताका चिचिपासले जिते । पहिलो सेट ६–३ ले जितेका उनले दोस्रो सेट पनि ६–३ ले नै आफ्नो पक्षमा पारेका थिए । तर तेस्रो र चौथो सेट छैटौं वरियताका ज्वेरेभले जिते । २४ वर्षिय उनले ६–४, ६–४ ले सेट जित्दै खेल दुइ दुइको बराबरीमा पुर्याएका थिए । पाँचौ तथा निर्णायक सेट चिचिपासले ६–२ ले जित्दै करियरको पहिलो ग्रान्डस्लाम फाइनलमा स्थान बनाए ।

यसअघि उनी तीन पटक ग्रान्डस्लामको सेमीफाइनलबाट बाहिरिएका थिए । चिचिपास सन् २००८ मा रफायल नाडाल पछि पेरिसमा फाइनल पुग्ने सवैभन्दा कान्छा खेलाडी हुन् । टेनिसका भविष्यका रुपमा हेरिएका चिचिपास र ज्वेरेभ बीचको खेल तीन घन्टा ३५ मिनेट चलेको थियो । हाल विश्व टेनिसका विग थ्रि रफायल नाडाल, नोभाक जोकोभिच र रोजर फेडरर खेल जीवनको अन्त्यतिर छन् । त्यसैले आगामी दिनमा ज्वेरेभ र चिचिपास एक अर्काका चीर प्रतिद्वन्दी हुने अनुमान गरिएको  छ ।

 जीतपछि भावुक भएका चिचिपासले देशका लागि इतिहास बनाउन पाउदा  गर्व लागेको प्रतिृकया दिए । आफु   एथेन्स भन्दा बाहिर सानो गाउ बाट आएको भन्दै जहिले पनि ठुलो प्रतियोगितामा खेल्ने सपना देखेको बताए । ग्रिस पनि विश्व टेनिसमा समावेश हुन थालेकोमा उनले खुशी ब्यक्ति गरे । अहिले आफु र महिला तर्फ मािरया सक्कारीले ग्रिस बाट राम्रो गरिरहेको उनको भनाइ थियो । सक्कारी सेमीफाइनलमा पराजित भएकी थिइन्  । ग्रिसको इतिहासमा महिला र पुरुष एकल तर्फको खेलमा ग्रिस खेलाडी  सेमीफाइनल पुगेको यो पहिलो पटक हो । 

ताजा खबर