नबोलेका प्रस्ताव

२०७८ जेठ २८ शुक्रबार १०:३४:०० मा प्रकाशित

नखाएको कसम
नलिएका वाचाहरुको 
के कुरा,

आँखाले भनेका 
ओठका ईशारामा,
देखिएता पनि,
नबोलेका प्रस्तावहरुको
के कुरा,

न मलाई
न तिमीलाई 
निभाउनु नपर्ने
वाचाहरुका के कुरा,

टाढा टाढा
नजिक नजिक
जस्तो सम्वन्धहरुका 
के कुरा,

नाम बिनाको
बेनामी सम्वन्धको 
के कुरा ।

मेरो मौन प्रस्तावको 
के कुरा !

ताजा खबर