देशवासीको सम्मानमा ब्राजिल टिम कोपा अमेरिका खेल्न तयार 

२०७८ जेठ २७ बिहीबार ०९:१८:०० मा प्रकाशित

काठमाडौं । आफ्नो देशमा कोपा अमेरिका आयोजना गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै ब्राजिलियन खेलाडीले प्रतियोगिता खेल्ने भएका छन् । विश्वकप छनोट खेल अन्तर्गत पाराग्वे विरुद्ध दुइ शून्य गोलको जीत हात पारेपछि ब्राजिलियन खेलाडीले संयुक्त विज्ञप्ति जारी गर्दै प्रतियोगिता खेल्ने जानकारी गराएका हुन् ।

कोपा अमेरिका आयोजनाको विरोधमा भएपनि प्रतियोगिता नै वहिस्कार नगर्ने उनीहरुले बताएका छन् । विज्ञप्तिमा भनिएको छ – हरेक ब्राजिलियन नागरिक जन्मदै फुटवल समर्थक भएर जन्मिन्छ । २ सय मिलियन भन्दा बढी नागरिकका लागि हामी कोपा अमेरिकाबारे आफ्नो धारणा सार्वजनिक गर्दैछौं । हामी  एक समूह हौं तर फरक फरक विचार राख्ने । मानविय तथा ब्याबसायिक लगायत धेरै कारणले दक्षिण अमेरिकी फुटवल महासंघले कोपा अमेरिका आयोजनालाई लिएर गरेको निर्णयमा हामी असन्तुष्ट छौं, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीहरुले यो विषयलाई कहिल्यै पनि राजनीतिक रंग दिन नचाहेको प्रस्ट पारेका छन् । हामी ब्याबसायिक फुटवल खेलाडी हौं, ऐतिहासिक पहेंलो र हरियो रंगको जर्सी लगाएर पाँच पटकको विश्वकप विजेताका रुपमा आफ्नो जिम्मेवारी पुरा गर्न तयार छौं । हाम्रो असन्तुष्टि कोपा अमेरिकाको आयोजकसँग हो, राष्ट्रिय टिम विरुद्ध होइन ।

सुरुमा कोपा अर्जेन्टिना र कोलम्बियामा हुने तालिका थियो । तर कोलम्बियामा बढ्दो प्रदर्शनका कारण उसलाई सह हायोजकबाट हटाइयो । अर्जेन्टिनामा कोरोना भाइरस सक्रमण बढेपछि कोपा सुरु हुनु दुइ साता अघि नयाँ आयोजक खोजिएको थियो । फुटवल महासंघले कोरोना भाइरसबाट अत्यधिक प्रभावित राष्ट्रको सुचीमा आउने ब्राजिललाई आयोजकका रुपमा चुनेको हो । कोपा सोमबार विहान बाट सुरु हुँदैछ । प्रतियोगितामा दश टोलीको सहभागिता रहनेछ । 

ताजा खबर