इथियोपियाकी लेटेसेनबेट गिडेले बनाईन विश्व कीर्तिमान

२०७८ जेठ २६ बुधबार १०:१५:०० मा प्रकाशित

काठमाडौं । इथियोपियाकी लेटेसेनबेट गिडेले महिलाको दश हजार मिटर दौडमा विश्व कीर्तिमान कायम गरेकी छिन् । उनले तीन दिन अघि बनेको कीर्तिमान भंग गरेकी हुन् ।

नेदरल्यान्डसको हंगेलोमा भएको प्रतिस्पर्धामा उनले २९ मिनेट एक दशमलब शून्य ३ सेकेन्डको समय निकालेकी थिइन् । यहि प्रतिस्र्धामा गत आइतबार मात्र डच खेलाडी सिफान हसनले २९ मिनेट ०६ दशमलब ८२ दुइ सेडेन्डको कीर्तिमान बनाएकी थिइन् । उनले सन २०१६ को रियो ओलम्पिकमा इथियोपियाकी अल्माज अयानाले बनाएको २९ मिनेट १७.४५ सेकेन्डको कीर्तिमान भंग गरेकी थिइन् । 

२३ वर्षिया गिडेले आफुले विश्व कीर्तिमान बनाउने सोचेर नै दौडिएको प्रतिकृया दिइन्् । आफ्नै कीर्तिमान तोड्दै २९ मिनेटको समय निकाल्ने लक्ष्य रहेकोप नि उनले बताइन् । ५ गिडे पाँच हजार मिटरको पनि रेकर्ड होल्डर हुन् । उनी ५ र १० हजार मिटर दौडमा विश्व कीर्तिमान होल्ड गर्ने १९९३ पछिको पहिलो खेलाडी हुन् । यसअघि १९८६ देखि १९९३ सम्म नर्वेकी इनग्रिड क्रिस्टियानसेनले यो कीर्तिमान होल्ड गरेकी थिइन् । 

ताजा खबर