विश्वकप छनोट: मेसीको अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकियो

२०७८ जेठ २६ बुधबार ०९:३७:०० मा प्रकाशित

काठमाडौं । विश्वकप छनोटमा खेलमा लियोनल मेसीको अर्जेन्टिना कोलम्बियासँग दुइ दुइ गोलको बराबरी रोकिएको छ । छनोट खेलमा अर्जेन्टिनाको यो लगातार दोस्रो बराबरी हो । खेल सुरु भएको आठ मिनेटमा दुइ शून्यको अग्रता लिएपनि जोगाउन सकेन ।

कोलम्बियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई बराबरीमा रोकेको हो । तेस्रो मिनेटमा क्रिस्टियन रोमेरोले गोल गरेपछि अर्जेन्टिना एक शून्यले अघि रहेको थियो । आठौं मिनेटमा लेन्द्रो पेरेडेसले गोल गरेपछि घरेलु टोली दुइ शून्यले पछि परेको थियो । तर दोस्रो हाफमा कोलम्बियाले दुइ गोल फर्कायो । ५१ औं मिनेटमा लुइस मुरेलले पेनाल्टिमा गोल गर्दै अर्जेन्टिनासँगको दुरी दुइ एकमा झारेका थिए ।

इन्जुरी समयको अन्तिम मिनेटमा  मिगुएल बोर्जाले गोल फर्काएपछि अर्जेन्टिना अंक बाड्न बाध्यो । खेल अवधिभर मेसीले दुइ गोलका सुन्दर अवसर गुमाएका थिए । दुवै पटक कोलम्बिया गोलकिपर डेविड ओस्पिनाले उत्कृष्ट बचाउ गरेका थिए । 

छनोटमा वलिया प्रतिद्धन्दी कोलम्बिया र चिलीसँग अर्जेन्टिना ६ अंक् लिन असफल भयो । अघिल्लो खेलमा अस्ट्रेलियाले चिलीसँग एक एक गोलको बराबरी खेलेको थियो । छनोटमा अर्जेन्टिना अपराजित छ । दोस्रो स्थानमा रहेको उसको ६ खेलबाट १२ अंक छ । पाँचौ स्थानमा रहेको कोलम्बियाको ६ खेलबाट ८ अंक छ  । 

ताजा खबर