भारतीय फुटबल कप्तान सुनिल अर्जेटिनाका मेसीभन्दा अगाडि

२०७८ जेठ २५ मंगलबार १६:०३:०० मा प्रकाशित

काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अर्जेन्टिनाका लियोनल मेसीलाई उछिनेका छन् । सुनिलले अन्तर्राष्ट्रिय गोल संख्यामा मेसीलाई पछि पारेका हुन् ।

विश्वकप छनोट अन्तर्गत गएराती बंगलादेशलाई भारतले दुइ शून्यले पराजित गर्दा दुवै गोल सुनिलले गरेका थिए । उनले ७९ र इन्जुरी समयमा गोल गरेपछि भारतले विश्वकप छनोटमा पहिलो जीत दर्ता गरेको थियो ।

यसअघिका ६ खेलमा भारतले तीनमा बराबरी र तीन खेलमा हार बेहोरेको थियो । योसँगै राष्ट्रिय टिमबाट सुनिलको गोल संख्या १ सय १७ खेलमा ७४ पुगेको छ । हालका खेलाडीको गोलकर्ताको सूचीको दोस्रो स्थानमा    छन् । उनी भन्दा अघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । उनको नाममा १ सय ७४ खेल खेल्दै १ सय ३ गोल छ । मेसीले अहिलेसम्म अर्जेन्टिनाको जर्सीमा ७२ गोल गरेका छन् । सूचीको १२ औं स्थानमा रहेका मेसीले १ सय ४३ खेल खेलेका छन् ।

समग्रमा उच्च गोलकर्ताको सूचीमा सुनिल एघारौं स्थानमा छन् र यो कीर्तिमानको शीर्ष स्थानमा इरानका अली देइ छन् । उनले १ सय ४९ खेलमा एक सय नौ गोल गरेका थिए । उनको कीर्तिमान तोड्ने लक्ष्यमा रोनाल्डो    छन् । 
 

ताजा खबर