विश्वकप छनोट: नेपाली प्रशिक्षक पेनाल्टी निर्णयसँग असन्तुष्ट

२०७८ जेठ २५ मंगलबार १५:५५:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटवल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डन विरुद्धको खेलमा पेनाल्टि नदिएको भए हुन्थ्यो भन्ने प्रतिकृया दिएका छन् ।

विश्वकप छनोट अन्तर्गत नेपालले जोर्डनसँग तीन शून्य गोललको हार बेहोरेको थियो । कुवेतस्थित जावेद अल हमाद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा जोर्डनले २३ औं मिनेटमा पेनाल्टि मार्फत अग्रता लिएको थियो ।

डिफेन्डर रोहित चन्दले सुलेमानलाई डि बक्सभित्र लडाएपछि रेफ्रिले जोर्डनलाई पेनाल्टि दिएका थिए । जसलाई बाहा फैजल सेफले गोलमा परिणत गरे । गोलकिपर किरण चेम्जोङले सही दिशा तर्फ डाइभ गरेपनि रोक्न सकेनन् । प्रशिक्षक अब्दुल्लाहले खेलपछिको पत्रकार सम्मेलनमा पेनाल्टि दिनुपर्ने फाउल नभएको बताएका हुन् । सोही कारण खेल जोर्डनको पक्षमा गएको उनको भनाइ थियो ।

पहिलो हाफको अन्त्यतिर गोलकिर किरण निकै ब्यस्त बने । जोर्डनको एकपछि अर्को आक्रमणको उनले उत्कृष्ट बचाउ गर्दा नेपाल थप गोल खान बचेको थियो । ४८ औं मिनेटमा फैजलले उत्कृष्ट फ्रि किक गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । उनले करिब ३५ यार्डबाट गोल गरेक थिए । ६७ औं मिनेटमा याजन अल अरबले गोल गरेपछि नेपाल खेलमा फर्कन सकेन । नेपालले खेल अवधिभर डरलाग्दो मुभ बनाउन सकेन । पहिलो लेगमा पनि नेपाल जोर्डनसँग तीन शून्य गोलले नै पराजित भएको थियो ।

हारको जिम्मा प्रक्षिक अब्दुल्लाहले लिएका छन् । उनले खेलाडीलाई दोष नदिन भन्दै सम्पूर्ण जिम्मेवारी आफुले लिने बताए । खेलाडीले राम्रो प्रदर्शन गरेको र आगामी दिनमा अझ सुधार गर्ने उनको भनाइ थियो । यो हारले नेपालको विश्वकप छनोटको तेस्रँे चरण पुग्ने संभावना समाप्त भएको छ ।

एफसी एशीयन कप क्वालिफायरको यात्रा पनि कठिन बनेको छ । छनोटमा नेपालको सात खेलमा यो पाँचौं हार हो । नेपालले छनोटको अन्तिम खेल शुक्रबार अस्ट्रृेलियासँग खेल्नेछ । जारी छनोटमा अस्ट्रेलिया अपराजित   छ । पहिलो दलेगमा नेपाल अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । 

ताजा खबर