ऋतिक अब ‘कबडड्ी’ खेल्ने

२०७४ असार ७ बुधबार ०६:४०:०० मा प्रकाशित

मुम्बई । बलिउड नायक ऋतिक रोशन अहिले खासै काम छैन । उनी अहिले कामबिहिन भएका छन् । यो उनी आफैले रोजेका हुन । उनलाई धेरै फिल्महरुबाट अफर पनि आए तर उनले यो निधो गर्न सकेनन् कि ती फिल्महरुमा आभिनय गरु कि नगरु । ऋतिक जस्ता बलिउड स्टार यसरी खाली बस्नाले उनका फ्यानलाई त हानी हुन्छ नै साथसाथै बलिउड फिल्म नगरीलाई पनि नोक्सानी भइरहेको छ । ऋतिक अहिले एउटै कुराले दुखित देखिन्छन् । त्यो हो उनको असफल बैवाहिक जीवन । 

केही दिन पहिला यो खबर आएको थियो कि उनी एउटा गणितज्ञ जीवनमा आधारिता फिल्म ‘सुपर ३०’ काम गर्दैछन् रे । तर यो कति सत्य हो कसैलाई थाहा छैन । यता उनीसँग काम गरिसकेका निर्देशक कबिर खान उनलाई लिएर फिल्मको तयारी गर्दै छन् भन्ने हल्ला पनि बलिउड नगरीमा चलिरहेको छ । अर्को हल्ला यो पनि छ कि ऋतिक अब ‘कबडड्ी’ मा आधारिता फिल्म गर्दैछन् रे जसलाई रोनी स्कु्रवालाले निर्माण गर्नेछन् । अहिले खेल र खेलाडिहरुको बिषयलाई लिएर धेरै फिल्महरु बन्दै छन् र सफल पनि भएका छन । कलाकारहरु पनि यस्तै खालका फिल्महरु गर्न धेरै रुचाउँछन् । 
अब यो पक्का छैन कि ऋतिकले यो फिल्म गर्न गर्छन कि गर्दैनन् साथै यो पनि भन्न सकिन्न कि फिल्म कुनै बास्तविक घटना वा व्यक्तिमा आधारित छ या फिल्म काल्पनिक मात्र हो । एजेन्सी 

ताजा खबर