यसपटक रोजर फेडेररलाई जित्न सजिलो भएन

२०७८ जेठ २३ आइतबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । रोजर फेडेरर फ्रेन्च ओपन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् । तर जर्मनीका डोमिनिक कोफरलाई पराजित गर्न स्विस स्टार फेडेररलाई सहज भने भएन । उनले  यो खेलमा आफ्नो सम्पूर्ण गुण र शक्ति खर्चिएका थिए ।

खाली कोर्टमा भएको तेस्रो चरणको खेलमा फेडेररले कोफरलाइृ चार सेटमा हराएका हुन् । आठौं वरियताका फेडेररले २७ वर्षिय बांया हाते कोफरलाई पहिलो सेटमा टाइब्रेकरमा ७–६ ले हराए । दृढ देखिएका कोफर दोस्रो सेटमा खेलमा फर्किए । उनले यो सेट  टाइब्रेकरमा नै जितेपछि २० पटकका च्याम्पियन फेडेरर दवावमा आएका थिए । ५९ आंैं वरियताका कोफर विरुद्ध उत्कृष्ट खेल प्रदर्शन नगरेपनि उनले बँकी दुइ सेट आफ्नो पक्षमा पारे । तेस्रो सेट टाइब्रेकरमा ७–६ र चौथो सेट ७–५ ले जितेपछि फेडेररले प्रि क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

राती नौ बजे पछि हुने स्थायिन कर्फयुका कारण खाली कोर्टमा खेल भएको थियो । फेडेररले करियरमा पहिलो पटक ग्रान्डस्लामको खेल विना दर्शक खेलेका हुन । यो खेल सकिदा स्थानिय समय अनुसार झन्डै एक बजेको थियो । खेल तीन घन्टा ३५ मिनेट चल्यो । सन २००९ का फ्रेन्च ओपन च्याम्पियन फेडेररले २०२० जनवरी यता मात्र तेस्रो खेल खेलिरहेका छन । दुइ पटक घुँडाको शल्यकृया गरेका फेडेररले फ्रेन्च ओपनलाई विम्बल्डनको तयारीका रुपमा लिएका छन् । 

साविक विजेता रफायल नाडालले पनि अन्तिम १६ मा स्थान बनाएका छन । नाडालले बेलायतका क्यामरुन नरीलाई तीन शुन्यको सोझो सेटमा हराए । १३ पटकका च्याम्पियिन नाडालले नरीलाई ६–३, ६–३, ६–३ को सेटमा पराजित गरेका हुन् । फ्रेन्च ओपनमा उनी १६ औं पटक प्रि क्वाटरफाइनल पुगेका हुन् । नाडालको क्ले कोर्ट ग्रान्डस्लामा यो लगातार ३० सेटमा जीत हो ।  

ताजा खबर