कोरोना असरले क्रिकेटर सन्दीपले इङल्यान्डको काउन्टी क्रिकेट खेल्ने मौका गुमाए

२०७८ जेठ २३ आइतबार १२:३०:०० मा प्रकाशित

काठमाडौं । नेपाली लेग स्पिनर संदिप लामिछानेले इङल्यान्डमा जुन ९ देखि सुरु हुने टि ट्वान्टी ब्लास्ट गुमाएका छन् । भिसा आउन ढिलो भएका कारण संदिप टि ट्वान्टी ब्लास्टमा डेब्यु गर्ने अवसरबाट बञ्चित भएका हुन् ।

संदिपले दुइ दिन अघि मात्र भिसा प्राप्त गरेका हुन् । भिसा आएपनि प्रतियोगिता खेल्न जान ढिला भइसकेको थियो । उनी मे २७ मा नै इङल्यान्डका लागि उड्नु पर्ने थियो । १५ दिन क्वारेन्टिन बसेपछि मात्र  प्रतियोगिता खेल्न पाउने नियम छ । अब गएर  क्वारेन्टि बस्दा ५, ६ खेल  छुट्ने भएपछि उनलाई आवद्ध गरेको क्लब वर्सेस्टरपायरले सम्झौता रद्ध गरेको छ । संदिपले मे २५ मा टिवट्र मार्फत सरकारलाई सहयोग गर्न गरिदिन आग्रह गरेका थिए । तर उनको प्रयास सफल भएन् ।

विश्व क्रिकेटमा प्रतिष्ठित मानिने इङल्यान्डको काउन्टी क्रिकेट खेल्ने मौका गुमाउँदा मर्माहत भएको संदिपले बताए । फेसबुक मार्फत दुख पोखेका उनले एसोसिएट राष्ट्रका खेलाडीका लागि यो एकदमै ठूलो अवसर भएको उल्ल्ेख गरे । सरकारले आफुलाई सहयोग नगरेको उनको भनाइ थियो । यसअघि पनि यस्तै घटनाको सामना गरेको भन्दै खेलाडीका लाी पहल कसैले नगरेको भनाइ राखे ।

कोरोना भाइरस महामारीका कारण संदिपको भिसा आउन ढिलो भएको हो । यो घटनाले इङल्यान्डले नेपाली खेलाडीलाई हेर्ने नजर नकारात्मक हुने भनाइ थियो । जुलाइ २२ देखि इङल्यान्डमानै हुने द हन्ड्रेडमा भने संदिपले सहभागिता जनाउनेछन् । 

ताजा खबर