युरो कप अभ्यास खेलमा इटाली बिजयी

२०७८ जेठ २२ शनिबार १२:२४:०० मा प्रकाशित

काठमाडौं । इटालीले युरोकप अघिको अभ्यास खेलमा चेक रिपब्लिकलाई चार शून्य गोलले पराजित गरेको छ । यो जीतले युरोकपका लागि इटालीको मनोवल उच्च भएको छ ।

घरेलु मैदानमा भएको खेलममा २३ औं मिनेटमा इटालीले एक शून्यको अग्रता लिएको थियो । उसका लागि चिरो इम्मोबिलेले गोल गरे । राष्ट्रिय टिमका लागि उनको यो १३ औं हो । योसँगै इम्मोबिले युरोकप खेल्ने इटालियन स्क्वाडमा सर्वाधिक गोल गर्ने खेलाडीका रुपमा रहनेछन । 

४२ औं मिनेटमा निकोलो बरेल्लाले टिमका लागि दोस्रो गोल थपे । ६६ औं मिनेटमा इम्मोबिलेको पासमा लोरेन्जो इन्सिन्याले टिमका लागि तेस्रो गोल गरे । गोलसँगै उनले आफ्नो ३० औं जन्मदिन विषेश बनाए । ७३ औं मिनेटमा डोमिनिको बेरार्दीले गोल गरेपछि इटालीले फराकिलो अन्तरको जीत हात पार्यो । 

इटालीको विना गोल खादै यो लगातार आठौ जीत हो । यो खेलमा २१ वर्षिय जाकोमो रास्पाडोरीले राष्ट्रिय टिमबाट डेब्यु गरे । रोबर्टो मान्सिनीको टोली सन २०१८ देखी अपराजित छ । इटाली, वेल्स, स्विजरल्यान्ड र टर्कीसँगै समुह ए मा छ । युरोकपको आफ्नो पहिलो खेलमा इटालीले टर्कीसँग खेल्नेछ । 

ताजा खबर