मैत्रीपूर्ण खेलमा देखिएन रोनाल्डाको जादूगरी खेल

२०७८ जेठ २२ शनिबार १२:२०:०० मा प्रकाशित

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनसँग गोल रहित बराबरी खेलेको थियो । स्पेनको घरेलु मैदान मड्रिडमा भएको खेलमा १७ हजार ७ सय ४३ दर्शक उपस्थित थिए । दुवै टिमले गरी खेल अवधिभरी जम्मा तीन सट टार्गेटमा प्रहार गरेका थिए ।

स्पेनका लागि अल्भारो मोराटाले गोल गर्ने सुनौलो मौका गुमाए । फारन टोरेसको प्रयास पनि सफल भएन् । पोर्चुगलका डेनिलो परेराको प्रहार सिधै स्पेनिस गोलकिपरको हातमा गएको थियो । रोनाल्डोले पनि आफ्नो जादु देखाउन सकेनन् । यो खेलमा एमरिख लापोर्तले स्पेनिस टिमबाट डेब्यु गरे । २७ वर्षिय फ्रेन्च लोपार्तले केही समय अघि मात्र स्पेनको नागरिकता प्राप्त गरेका थिए । दुवै टोली युरोकपको तयारीमा रहेका छन । साविक विजेता पोर्चुगल कठिन मानिएको समूह एफमा छ । यो समुहमा विश्वकप च्याम्पियन फ्रान्स, जर्मनी र हंगेरी छन् । स्पेन समुह इ मा छ । उसले समुह चरणमा स्लोभाकिया, स्विडेन र पोल्यान्डसँग खेल्नेछ । 

यो खेल सुरु हुनु अघि स्पेन र पोर्चुगलले सन २०३० को विश्वकप संयुक्त रुपमा आयोजनाका लागि दावेदारिता प्रस्तुत गर्ने घोषणा गरेका थिए । दुवै देशका फुटवल संघ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको   छ । सरकारले पनि पूर्ण सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । स्पेनले यसअघि सन १९८२ को विश्वकप आयोजना गरेको थियो । पोर्चगलले २००४ को युरोकप आयोजना गरेको थियो ।

ताजा खबर