नेईमारको खेल कौशलले ब्राजिलको पाँचौं जित

२०७८ जेठ २२ शनिबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । नेइमारको उत्कृष्ट प्रदर्शनको मदतमा ब्राजिलले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट खेलमा लगातार पाँचौ जीत हात पारेको छ । आज विहान घरेलु मैदानमा भएको खेलमा ब्राजिलले इक्वेडेर माथि दुइ शून्य गोलको जीत हात पार्यो । ब्राजिल जारी छनोटमा अपराजित छ ।

सुरुदेखि नै खेलमा नियन्त्रण जमाएको ब्राजिलले इक्वेडरको डिफेन्स तोड्न भने दोस्रो हाफसम्म कुर्नु पर्यो । अन्तत ब्राजिलले ६५ औं मिनेटमा डेडलक तोड्यो । नेइमारको पासमा रिर्चालिसनले गोल गरेपछि ब्राजिलले एक शून्यको अग्रता लिएको थियो । इन्जुरी समयमा नेइरमा आफैंले पेनाल्टिमा गोल गरे । गाब्रिएल जेसुसलाई फाउल गरेपछि भिडियो एसिस्टेन्ट रेफ्रि भारको माध्यम बाट ब्राजिलले पेनाल्टि पाएको थियो । पेनाल्टि नेइमारले प्रहार गरे तर सुरुमा उनी असफल भए । उनको प्रहार इक्वेडर गोलकिपरले बचाएका थिए । तर नेइमारले प्रहार गर्नु अघिनै किपर अगाडी बढेर रोकेको भन्दै रेफ्रिले नेइमारलाई फेरी पेनाल्टि प्रहार गर्न  लगाएका थिए । यो पटक उनी चुकेनन् ।

राष्ट्रिय टिमबाट नेइमारको  १ सय ४ खेलमा यो ६५ औं गोल हो  । ब्राजिलले अब आठ जुनमा पाराग्वे र इक्वेडरले सोही दिन पेरु संग खेल्नेछ ।  शीर्ष स्थानमा रहेको ब्राजिलको ५ खेलबाट १५ अंक छ ।  दोस्रो स्थानको अर्जेन्टिनाको ५ खलेबाट ११ अंक ५ । इक्वेडर नौ अंकका साथ इक्वेडर तेस्रो स्थानमा छ । पाराग्वे चौथो र उरुग्वे पाचौ स्थानमा छन । शीर्ष चार टिम अर्को वर्ष कतारमा हुने विश्वकपका लागि छनोट हुनेछन । पाँचौ हुने टिमले प्ले अफ खेल्ने मौका पाउनेछ ।  । 

ताजा खबर