विश्व टेनिस स्टारले पाए चेतावनी, प्रतिष्पर्धीलाई अल्मल्याएको आरोप

२०७८ जेठ २१ शुक्रबार १०:१२:०० मा प्रकाशित

 काठमाडौं । टेनिस स्टार रोजर फेडेरर शान्त र सालिन स्वभावका लागि परिचित छन् । तर जारी फ्रेन्च ओपनकोे दोस्रो चरणको खेलमा भने स्विस खेलाडी फेडेररले आफ्नो कुल ट्रेडमार्कको त्यो छबि गुमाए । 

चोटका कारण लामो समयपछि कोर्टमा फर्किएका फेडेरर क्रोएशियाका मरिन चिलिच माथि चार सेटको जीत हात पार्दै तेस्रो चरण प्रवेश गरेका छन् । आठौं वरियताका फेडेररले पहिलो सेट ६–२ ले जितेका थिए । दोस्रो सेट उनले २–६ ले गुमाए । यो सेटमा फेडेरर र चेयर अम्पायर बीच लामो वाद विवाद भएको थियो । चिलिचले फेडेररले खेलका लागि तयार हुन लामो समय लगाएको बताएपछि चेयर अम्पायरले उनलाई चेतावनी दिएका थिए । यस विषयमा फेडेररले आफुले लामो समय पछि खेलेका कारण लयमा आउन असहस महसुस भएको बताए । दुइपटक घँुंडाको शल्यकृया गराएका फेडेरर १६ महिना पछि पहिलो ग्रान्डस्लाम खेल्दै छन् ।

मैले त्यस्तो सुस्त खेलेको जस्तो लाग्दैन, मलाइ सदैव विपक्षीलाई लामो समय कुराउनु हुन्न भन्नेमा म सचेत नै हुन्छु, तर मरिन एकदम छिटो खेल्न चाहेका छन् भन्ने मलाई महसुस भएन्,  फेडेररले भने । २० पटकका ग्रान्डस्लाम फेडेररले तेस्रो सेट टाइब्रेकरमा ७–६ र चौथो सेट ६–२ ले जितेका थिए ।

विश्व  नम्बर एक नोभाक जोकोभिच पनि तेस्रो चरणमा प्रवेश गरेका छन् । सर्वियन जोकोभिचले उरुग्वेका पाब्लो क्वेभासलाई सोझो सेटमा हराए । उनले सहजै ६–३, ६–२, ६–४ को जीत हात पारेका थिए ।

साविक विजेता रफायल नाडालले तेस्रो चरणमा स्थान बनाउने क्रममा फ्रान्सका रिचार्ड गास्क्वेटलाई तीन शून्यको सोझो सेटमानै हराए । क्ले कोर्ट बादशाह स्पेनिस नाडालले घरेलु खेलाडी गास्क्वेटलाई  ६–०, ७–५, ६–२ को सेटमा पराजित गरे । नाडालले गास्क्वेटलाइ सवै प्रतिस्पर्धा गरी हराएको यो १७ औं पटक हो । गास्क्वेटको हारपछि जारी फ्रेन्च ओपनमा अब महिला र पुरुष दुवै तर्फ घरेलु खेलाडी छैनन्  । १९६८ महिला तथा पुरुष दुवै खेलाडी तेस्रो चरण नपुगेको यो पहिलो पटक हो ।

ताजा खबर