ग्रीससँग पराजित बेल्जियमले समर्थक निराश बनायो

२०७८ जेठ २१ शुक्रबार ०९:४५:०० मा प्रकाशित

काठमाडौं । युरोकप अघिको अभ्यास खेलमा बेल्जियमले निराशाजनक नतिजा निकालेको छ । फिफा वरियताको शीर्ष स्थानमा रहेको बेल्जियम ग्रिससँग एक एक गोलको बराबरीमा रोकियो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमले २० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि थोर्गन हाजार्डले यानिक कारास्कोको पासमा गोल गरेका थिए । बेल्जियमका लागि थोर्गनको यो छैटौं गोल हो । पहिलो हाफमा एक शून्यले अघि रहेको बेल्जियम विरुद्ध ग्रिसले पुनरागमन गर्यो । फिफा वरियताको ५१ औ स्थानमा रहेको ग्रिसका जर्ज जिभेल्सले ६६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

त्यसपछि बेल्जियमले थप गोल गर्न सकेन । बेल्जियम चोटग्रस्त केभिन डि बु्रयान विना मैदान उत्रिएको थियो । गत शनिबार च्याम्पियन्स लिगको फाइनलमा चल्सि विरुछ खेल्दा म्यानचेस्टर सिटीका ब्रुयनाको नाक र आँखामा चोट लागेको थियो । उनले युरोकप खेल्ने नखेल्नेमा अझै शंका छ । बेल्जियमले अन्तिम अभ्यास खेलमा आइतबार क्रोएशियासँग खेल्नेछ । युरोकपमा बेल्जियम उपाधी दावेदार मध्येको एक टोली हो । रोबर्टो मार्टिनेजको टोली समुह बी मा छ । 

यो समूहमा रुस, डेनमार्क र फिनल्यान्ड छन् । उसले समूहको आफ्नो पहिलो खेल १२ जुनमा रुस, १७ मा डेनमार्क र २१ मा फिनल्यान्डसँग खेल्नेछ ।

ताजा खबर