कमेडियन कपिललाई हलिउड फिल्मको अफर

२०७४ मङ्सिर १० आइतबार २२:२४:०० मा प्रकाशित

मुम्बई । ‘दी कपिल शर्मा शो’ बाट  चर्चा कमाएका कपिल  कमेडियन मात्र होइनन् उनी  अभिनेता पनि हुन । उनको दोस्रो फिल्म ‘फिरंगी’ यही डिसेम्बरमा प्रर्दशन हुँदैछ।

कपिलले अब चाँडै नै हलिउड फिल्ममा काम गर्न सक्नेछन् । कपिललाई बिग मामा वर्क्सको तर्फबाट हलिउड प्रोजेक्टबाट अफर आएको छ । यो एक सीरीज हुनेछ, जसको टाइटल कमेडी करी राखिएको छ । फिल्ममा एक हलिउड र एक इन्डियन स्टार हुनेछन् । 

कपिलले पनि यो कुरालाई पुष्टि गरेका छन्। ‘हो मलाई प्रस्ताव आएको हो, तर अझै टुँगो लागेको भने छैन,’ उनले भने, ‘फाइनल भएपछि म जानकारी गराउँछु।’

फिल्मको पटकथा आफूले पाइसकेको र उक्त कम्पनी ठूलो भएकाले आफू त्यहाँ गएर भेट्ने पनि कपिलले बताएका छन्। ‘अहिले त टेलिफोनमा मात्र कुरा भइरहेको छ,’ उनले भने, ‘म त्यहाँ गएर उनीहरूलाई भेट्छु, अनि बाँकी कुरा फाइनल हुन्छ।’ एजेन्सी 

 

ताजा खबर