जर्मनीसँग ३ गोल खाएर विदा भयो वेल्स

२०७८ जेठ २० बिहीबार ०९:२२:०० मा प्रकाशित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटवल खेलमा फ्रान्सले दश खेलाडीमा समेटिएको वेल्सलाई तीन शून्य गोलले पराजित गरेको छ ।

फ्रान्सको घरेलु मैदान निसस्थित एलियान्स रिभेरामा भएको खेलमा वेल्सले एक घन्टा भन्दा बढी समय दश खेलाडीमा खेलेको थियो । २५ औं मिनेटमा नेको लियिम्स हातले वल छोएपछि रातो कार्ड खाँदै मैदान बाहिरएका थिए । यसका बाबजुत वेल्सका डेनिएल जेम्सले फ्रान्स गोलकिपर ह्युगो लोरिसलाई उत्कृष्ट बचाउका लागि बाध्य बनाएका थिए । झन्डै ६ वर्ष पनि राष्ट्रिय टिममा फर्किएका केरिम बेन्जिमा पेनाल्टिमा चुकेका थिए । तर ३४ औं मिनेटमा कलियिन एम्बाप्पेको गोल मार्फत फ्रान्सले अग्रता लियो ।

४७ औं मिनेटमा एन्टोइन ग्रिजमनले टिमका लागि दोस्रो गोल थपे । ७९ औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेपछि युरोपक अघिको मैत्रीपूर्ण खेलमा फ्रान्स तीन शुन्यको जीत हात पार्न सफल भयो । युरोकपमा विश्व विजेता फ्रान्स कठिन मानिएको समूह एफमा छ । यो समूहमा साविक विजेता पोर्चुगल, जर्मनी र हंगेरी छन् । फ्रान्सले आफ्नो पहिलो खेल जर्मनीसँग खेल्नेछ । वेल्स समुह ए मा इटाली, स्विटजरल्यान्ड र टर्की सँगै छ ।

अर्को मैत्रीपूर्ण खेलमा जर्मनी डेनमार्कसँग एक एक गोलको बराबरीमा रोकियो । अस्ट्रियामा भएको खेलमा जर्मनीले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । ४८ औं मिनेटमा फ्लोरियन नोइहासले गोल गरेका थिए । तर ७१ औं  मिनेटमा युसुफ पुलसेनले बराबरी गोल फर्काउँदै डेनमार्कलाइ हारबाट जोगाए । सन २०१८ पछि थोमस मुल्लर र म्याट ह्युमेल्स जर्मनीको टिममा फर्किएका छन् ।

इङल्यान्डले अस्ट्रियामाथि एक शून्य गोलको साँघुरो जीत हात पार्यो । घरेलु टोलीका लागि एकमात्र निर्णायक गोल बुकायो साकाले ५६ औं मिनेटमा गरेका थिए । साकाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

नेदरल्यान्डसले स्कटल्यान्डसँग दुइ दुइ गोलको बराबरी खेल्यो । नेदरल्यान्ड्सलाई माम्फिस डिपायेले हारबाट जोगाएका थिए । दुवै गोल उनैले गरेका हुन् ।

नर्वेले लक्जेमबर्गलाई एक शून्यले हराउँदा अर्लिङ ब्राउट हालान्डले निर्णायक गोल गरे । 

ताजा खबर