सेरेना विलियम्स फ्रेन्च अ‍ोपन टेनिसको तेस्रो चरणमा

२०७८ जेठ २० बिहीबार ०९:१२:०० मा प्रकाशित

काठमाडौं । सातौं वरियताकी सेरेना विलियम्स फ्रेन्च अ‍ोपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । पूर्व नम्बर एक अमेरिकाकी सेरेनाले दोस्रो चरणमा रोमानियाकी मिहाएला बुजारनेस्कोलाई तीन सेटमा  सेटमा पराजित गररेकी हुन् ।

२४ औं ग्रान्डस्लामको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले सेरेनाले पहिलो सेट ६–३ ले जितिन् । दोस्रो सेटमा भने उनी पराजित भइन् । एक सय ७४ वरियता प्राप्त बुजारनेस्कोले ७–५ को जीत हात पारेपछि खेल तेस्रो सेटमा धकेलिएको थियो । ३९ वर्षिया सेरेनाले सहजै ६–१ ले निर्णायक सेट आफ्नो पक्षमा पार्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरिन् । सेरेना ७५ ग्रान्डस्लाम खेल्दा अहिलेसम्म मात्र दुइ पटक दोस्रो चरणमा रोकिएकी छिन् ।

सन १९९८ मा दिदी भेनस संग अस्ट्रेलियन ओपन र सात वर्ष अघि गाब्रिनी मुगुरुजासँग फ्रेन्च ओपनमा दोस्रो चरणमा पराजित हुँदै उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन् । तीन पटककी फ्रेन्च ओपन विजेता सेरेना २०१६ यता भने क्वाटरफाइनलबाट अघि बढ्न सकेकी छैनन् । २०१७ देखि २३ औं गान्डस्लाममा नै अड्किएकी सेरेना मार्गारेट कोर्टको कीर्तिमान बराबरी गर्न चाहन्छिन् । उनले महिला एकल तर्फ सर्वाधिक २४ ग्रान्डस्लाम जितेकी छिन् ।

 

ताजा खबर