कार्लो एन्सेलोटीले छोडे एभर्टन 

२०७८ जेठ १९ बुधबार १०:०२:०० मा प्रकाशित

काठमाडौं । कार्लो एन्सेलोटीले स्पेनिस क्लब रियाल मड्रिडको प्रशिक्षक बन्न एभर्टन छोडेका छन् ।  प्रिमियर लिग क्लब एभर्टनमा १८ महिना बिताएर एन्सेलोटी दोस्रो पटक रियाल फर्किएका हुन् । ला लिगा क्लब रियालसँग उनले तीन वर्षको सम्झौता गरेका छन । रियाल संगको सम्झौतालाई उनले अप्रत्यासित अवसरको रुपमा ब्याख्या गरेका छन् । इटालियन एन्सेलोटीले फ्रेन्च प्रशिक्षक जिनेदिन जिदानलाई प्रतिस्थापन गरेका हुन् ।

जिदानले अघिल्लो साता क्लब छोडेका थिए । विश्व  फुटवलका उत्कृष्ट मध्येका एक उनको नेतृत्वमा रियालले २०१४ मा च्याम्पियन्स लिग जितेका थियो । उनी यसअघि सन २०१३ देखि २०१५ सम्म रियालको प्रशिक्षक बनेका थिए । उनी बाहेक लिभरपुका बब पेज्ली र जिदानले तीन पटक युरोपियन पतियोगिताको उपाधी जितेका छन् । एन्सेलोटीले २००३ र २००७ मा एसी मिलानका लागि पनि च्याम्पियन्स लिग जिताएका थिए ।

२६ वर्षको प्रशिक्षक करियरमा एन्सेलोटीले कुल १५ प्रमुख उपाधी जितेका छन् । उनी  युभेन्टस, चेल्सि, पेरिस सेन्ट जर्मेन पिएसजी र बायर्न म्युनिखको पुर्व प्रशिक्षक हुन् । 

ताजा खबर