कोपा अमेरिका आयोजक ब्राजिलमा चर्कियो विवाद

२०७८ जेठ १९ बुधबार ०९:२०:०० मा प्रकाशित

काठमाडौं । ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले महामारीका बीच कोपा अमेरिका आयोजना गर्ने निर्णयको बचाउ गरेका छन् । दक्षिण अमेरिकी फुटवल महासंघले गत सोमबार ब्राजिलमा प्रतियोगिता गर्ने घोषणा गरेसँगै ब्यापक विरोध र आलोचना भइरहेको छ ।

अर्जेन्टिनामा हुने कोपा कोरोनाका कारण ब्राजिलमा सारिएको हो । तर ब्राजिल आफैं पनि कोरोनाबाट अत्यधिक प्रभावित छ । सर्वोच्च अदालतले राष्ट्रतिलाई कोपा आयोजना गर्नुपर्ने कारण खुलाउन आदेश दिएको छ । राष्ट्रपति बोल्सोनारोले भने अब यस विषयमा थप बहस गर्न आवश्यक नरहेको र प्रतियोगिता ब्राजिलमानै हुने प्रतिृकया दिएका छन् । उनले स्वास्थ्य सावधानी अपनाएर दर्शकलाई समेत रंगशाला प्रवेश गर्न दिइने पनि उल्लेख गरे । देशका अधिकांश कानुनविदहरुले भने सरकारको तीव्र आलोचना गरेका छन् । उनीहरुले स्टार स्टाइकर नेइमारलाई कोपा ब्राजिलमा आयोजन ागर्ने विषयमा सहमत नहुन आग्रह गरेका छन् । अहिले समय कोपा नभएर खोप च्याम्पियनसिपका लागि लड्नु पर्ने उनीहरुको माग छ ।

अहिलेसम्म कोभिड १९ का कारण करिब ४ लाख ६३  हजार मानिसको ज्यान गइसकेको छ । राष्ट्रपति बोल्सोनारोल भने महामारीक कारण ज्यान गुमाउनेप्रति दुख ब्यक्त गर्दै जीवनलाई चलायमान बनाउनुको विकल्प नभएको बताए । दश टोली सहभागी हुने कोपा ११ जुन देखि सुरु हुँदैछ ।  

ताजा खबर