म्यानचेस्टर सिटीका सर्जिया बार्सीलोनामा 

२०७८ जेठ १८ मंगलबार १०:२३:०० मा प्रकाशित

काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अग्वेरो स्पेनिस क्लब बार्सीलोनामा आवद्ध भएका छन् ।  अर्जेन्टाइन अग्वेरोले बार्साँंग दुइ वर्षको सम्झौता गर्नेछन् । अग्वेरोको सिटी संगको सम्झौता  जुनको अन्त्यमा सकिँदैछ ।

३२ वर्षिय अग्वेरोले दश वर्षपछि सिटीको बसाइ टुग्याएका हुन् । उनी सिटीका सर्वाधिक गोलकर्ता हुन् । अग्वेरोले  ३ सय ९० खेल खेल्दै २ सय ६० गोल गरेका छन् । सिटीबाट अग्वेरोले गत शनिबार च्याम्पियन्स लिगको फाइनलमा चेल्सि विरुद्ध खेलेका थिए । खेलको अन्त्य तिर मैदान प्रवेश गरेका अग्वेरोको टोली सिटी चेल्सिसँग एक शुन्य गोलले पराजित भएपछि उपाभी जित्न असफल भएको थियो । 

अग्वेरोको रिलिज क्लब एक सय मिलियन युरो तोकिएको छ । उनी सिटीमा पाउँदै आएको पारिश्रमिक भन्दा कममा बार्सा गएका हुन् । सिटीमा अग्वेरोले वार्षिक १२ मिलियन्ड पाउदै आएकोमा बार्सामा ५ मिभलियन पाउन्ड पाउनेछन् । अग्वेरोले बार्सा जाने आफ्नो निर्णय सही भएको बताएका छन् । बार्सा विश्वको एक उत्कृष्ट क्लब भएको उनको भनाइ छ । बार्सा स्ट्राइकर लियोनल मेसी  र अग्वेराृ नजिकका साथी मानिन्छन् । 

उनीहरु राष्ट्रिय टिमका पनि मेट हुन् । अग्वेराृ दोस्रो पटक ला लिगा फर्किएका हुन् । यसअघि उनले सन २०११ म सिटी आउनु अघि एट्लेटिको मड्रिडबाट पाँच सिजन खेल्दै ७४ गोल गरेका थिए । सिटी बाट अग्वेरोले १५ प्रमुख उपाधी जितेका छन् । उनले यसअघि नै सिजनको अन्त्यसँगै क्लब छोड्ने निर्णय गरेका थिए । सिटी यो सिजनको प्रिमियर लिग च्याम्पियन हो । 

 

ताजा खबर