कोपा अमेरिका फुटबल अब ब्राजिलमा हुने पक्का

२०७८ जेठ १८ मंगलबार ०९:४०:०० मा प्रकाशित

काठमाडौं । दक्षिण अमेरिकी क्षेत्रको मुख्य प्रतियोगिता कोपा अमेरिका ब्राजिलमा हुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र बनेपछि हिजो सोमबार मात्र अर्जेन्टिनामा प्रतियोगिता नहुने निर्णय गरेपछि कोपा अमेरिका आयोजक विहिन भएको थियो ।

 दक्षिण अमेरिकी फुटवल महासंघले, वर्तमान परिस्थितीका कारण अर्जेन्टिनाबाट प्रतियोगिता सारिएको जानकारी गराएको थियो । पछि महासंघले १३ जुन बाट सुरु हुने प्रतियोगिता ब्राजिलले आयोजना गर्ने उल्लेख गरेको हो । सुरुवातमा कोलम्बिया र अर्जेन्टिना संयुक्त आयोजकका रुपमा रहेका थिए । तर कोलम्बियामा बढ्दो नागरिक आन्दोलनका कारण उसलाई सहआयोजक बाट हटाइएको थियो । ब्राजिलको कुन कुन रंगशालामा खेल हुने भन्ने बारे केही बताइएको छैन् । तर फुटवल महासंघको प्रतियोगिता ब्राजिलमा गर्ने निर्णयले धेरैलाई अचम्मित बनाएको छ । 

ब्राजिल कोरोना भाइरस संक्रमणबाट अत्यधिक प्रभावित देश हो । महामारीलाई राम्रोसँग नियन्त्रण गर्न  नसकेको भन्दै ब्राजिल सरकारको ब्यापक आलोचना भइरहेको छ । अहिले पनि भाइरसका विरामीले अस्पताल भरिएका छन् । यस्तो वेलामा प्रतियोगिता गर्नु उचित नभएको ब्रँजिलियन नागरिकको भनाइ छ । गत वर्षनै हुनुपर्ने कोपा कोभिड १९ कै कारण एक वर्ष पछि सरेको हो । ब्राजिल कोपा अमेरिकाको साविक विजेता हो । 

ताजा खबर