विश्वविजेता ओसाकाले फ्रेञ्चओपनबाट हात झिकिन्, यस्ता छन् प्रतिक्रिया

२०७८ जेठ १८ मंगलबार ०९:३६:०० मा प्रकाशित

काठमाडौं । विश्व नम्बर दुइ नाओमी ओसाकाले जारी फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । खेलपछिको पत्रकार सम्मेलनमा नबोल्ने निर्णय गरेपछि विवादमा तानिएकी जापानकी ओसाकाले प्रतियोगिता छोडेकी हुन् । 

ट्विटरमार्फत प्रतियोगिताबाट नाम फिर्ता लिएको जानकारी दिँदै ओसाकाले सन् २०१८  मा करियरको पहिलो ग्रान्डस्लाम जितेयता डिप्रेसनबाट गुज्रिरहेको पनि खुलासा गरेकी छिन् । २३ वर्षिय ओसाकाले गत साता रोल्यान्ड गारोसमा, मानसिक स्वास्थयलाई बचाउन संचारमाध्यमसँग नबोल्ने बताएकी थिइन् । कहिल्यैपनि खेलबाट आफ्नो ध्यान नहटोस् भन्ने चाहेको उनको भनाइ थियो ।

आइतबार ओसाकाले फ्रेन्च ओपको पहिलो चरणमा रोमानियाकी पेट्रिपयिा मारिया टिगलाई दुइ शुन्यको  सोझो सेटमा पराजित गरेकी थिइन् । सो खेलपछिको पत्रकार सम्मेलनमा नगएपछि ओसाकालाई १५ हजार डलर जरिवाना गरिएको थियो । सोही दिन चार ग्रान्डस्लाम आयोजकले संयुक्त विज्ञप्ती जारी गर्दै ओसाकाले आफ्नो निर्णय फिर्ता  नलिए फ्रेन्च ओपनबाट निष्कासित गर्ने र भविष्यमा अरु ग्रान्डस्लाममा सहभागिता हुन नदिनेसम्मको चेतावनी दिएका  थिए । ग्रान्डस्लाम आयोजकको यो प्रतिकृया आएपछि ओसाकाले  फ्रेन्च ओपन छोड्ने निर्णय लिएकी हुन् । उनले जारी गरेको लामो विज्ञप्तीमा आफुले केही समय कोर्टबाट ब्रेक लिन चाहेको बताएकी छिन् । उनले भनेकी छिन् – सही समय आएपछि म टुरका साथ काम गर्न चाहन्छु जर्हा, खेलाडी, समर्थक र प्रेसका लागि चीजहरु राम्रो बनाउन सकियोस भनेर छलफल होस ।

फ्रेन्च टेनिस संघका गिल्स मोरेटोनले ओसाकाले प्रतियोगिताको नाम फिर्ता लिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । ओासकाले यी सब कुराहरु हुन्छ भनेर आफुले कहिल्यै कल्पना समेत नगरेको बताएकी  छिन् । स्टार खेलाडीहरुले ओसाकाको निर्णयको समर्थन गरेका छन । ओसाका चार पटककी ग्रान्डस्लाम च्याम्पियन हुन् । जारी फ्रेन्च ओपनमा उनी उपाधीको प्रमुख दोवेदार थिइन् । 

 

ताजा खबर