युरो कप: ग्यारेथको नेतृत्वमा वेल्सको नयाँ टिम

२०७८ जेठ १७ सोमबार १२:०९:०० मा प्रकाशित

 काठमाडौं । युरोकपका लागि वेल्सले ग्यारेथ बेलको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । २६ सदस्यीय टोलीमा १९ वर्षिय अनक्याप्ड रुविन कोलविललाई पनि समावेश गरिएको छ ।

अट्याक्ङि मिडफिल्डरले गत फेब्रुअरीमा मात्र कार्डिफ सिटीबाट डेब्यु गरेका हुन् । उनलाई  वेल्सको युरो छनोट टिमको बन्द प्रशिक्षणमा सहभागी गराइएकमो थियो । केयर टेकर प्रशिक्षक रोबर्ट पेगले कोलविलको प्रदर्शनबाट आफू एकदमै प्रभावित भएको बताएका छन । कोलिनलाई टिममा समावेश गरिनुलाइ सवैभन्दा ठूलो चकित पार्ने निर्णयका रुपमा लिइएको छ ।

वेल्सका स्टार खेलाडीका रुपमा बेल रहेका छन । यो सिजन उनले  रियाल मड्रिड बाट प्रिमियर लिग टोटेनहममा आएर खेलेका थिए । सन २०१६ को युरोकपमा वेल्स सेमीफाइनलसम्म पुगेको थियो । यो पटक पनि चार वर्ष अघिकै प्रदर्शन दोहोर्याउने लक्ष्य रहेपनि अहिले टिम विल्कुल फरक भएको पेगले बताए । एक सय भन्दा बढी क्याप जितेका  आरोन राम्सी, जो लेन, वाइन हेन्नेसी, बेन डेभिस, जोनी विलियम्स, डेनी वार्ड र क्रिस गन्टरलाई पनि टोलीमा राखिएको छ । समुह ए मा वेल्स, इटाली, स्विटजरल्यान्डर र टर्की छन् ।

बाकुमा १२ जुनमा स्विटजरल्यान्डसँगको खेलसँगै वेल्सले युरोकपको आफ्नो यात्रा सुरु गर्नेछ । त्यसपछि टर्की र इटालीसँग खेल्नेछ । 

ताजा खबर