विश्वकप छनोट: कुबेत पुग्यो नेपाली टिम

२०७८ जेठ १७ सोमबार १२:०४:०० मा प्रकाशित

काठमाडौं । विश्वकप छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली इराकबाट कुबेत पुगेको छ । नेपाल इराकसँगको मैत्रीपूर्ण खेलपछि सडक मार्ग हुदै गएराती कुबेत पुगेको हो । 

छनोट खेलको तयारीका लागि नेपालले इराकसँग गत शनिबार मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ६ दुइ गोलले पराजित भएको थियो । सवै खेलाडीको पिसिआर रिपोर्ट आएपछि नेपालले अभ्यास सुरु गर्नेछ ।

नेपालले तीन जुनमा चाइनिज ताइपेइ, ६ मा जोर्डन र ११ मा अस्ट्रेलिया संग खेल्ने तालिका छ । यी तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने तालिका थियो । तर कोरोना भाइरसका कारण तटस्थ भूमि कुवेतमा हुन लागेको   हो । नेपाल पाँच खेलमा तीन अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । 

नेपालले यसअघि चाइनिज ताइपेइलाइ मात्र पराजित गरेको थियो । 

ताजा खबर