ग्रान्डस्लाम: संकटमा विश्व नम्बर दुइ नाओमी ओसाका

२०७८ जेठ १७ सोमबार ११:५७:०० मा प्रकाशित

काठमाडौं । चार ग्रान्डस्लाम आयोजकले, विश्व नम्बर दुइ नाओमी ओसाकालाई संचारमाध्यमसँग नबोल्ने निर्णयबाट पछि नहटे जारी फ्रेन्च ओपन टेनिसबाट निष्कासन गर्ने चेतावनी दिएका छन् ।

जापनकी ओसाकाले गत साता मानिसक स्वास्थ्यलाई सुरक्षित राख्न, खेल पछि हुने पत्रकार सम्मेलनमा उपस्थित नहुने निर्णय गरेकी थिइन् । चार ग्रान्डस्लाम फ्रेन्च ओपन, अस्ट्रेलियन अ‍ोपन, विम्बल्डन र युएस ओपन आयोजकले संयुक्त विज्ञप्ती जारी गर्दै यो कदमका लागि ओसाकाले अत्यधिक जरिवाना र भविष्यमा प्रतियोगिताबाटै बाहिर रहनु पर्नेसम्मको कारबाही हुन सक्ने उल्लेख गरेका छन् ।  पहिलो खेलपछि पत्रकार सम्मेलनमा उपस्थित नहुँदा उनलाई १५ हजार डलर जरिवाना गरिएको थियो ।

ओसाकोको निर्णय पछि फ्रेन्च ओपनले निर्णयमा पुर्नविचार गर्न आग्रह गरेको थियो । तर उसको प्रयास असफल भयो । चार ग्रान्डस्लामको विज्ञप्ति पछि ओसाकाले ट्विट माफर्त रिस समझदारीको अभाव उपज भएको र परिवर्तनले मानिसहरुलाई असहज महसुसर गराउने प्रतिृकया दिइन् ।

यसअघि ओसाकाले हिजो आफ्नो पहिलो खेलमा रोमानियाकी पेट्रिसिया मारिया टिगलाई दुइ शुन्यको सोझो सेटमा पराजित गरेकी थिइन् । चार पटककी ग्रान्डस्लाम च्याम्पियन ओसाकाले पहिलो सेट सहजै ६–४ ले जितेकी थिइन् । तर दोस्रो सेटमा भने विश्व वरियताको ६३ औं स्थानमा रहेकी मारिया टिगले ओसाकालाई टाइब्रेकरसम्म धकेलिकी थिइन् । तर ओसाकाले  ७–६ ले सेट जित्दै अघिल्लो चरणमा स्थान बनाइन् । यो खेल एक घन्टा ४७ मिनेटसम्म चलेको थियो । ओसाकाकाले यो लगातार १५ औं खेलमा जीत हो । ओसाकाले गत सिजन दुइ ग्रान्डस्लाम उपाधी जितेकी थिइन् । तर ओसाकाले क्ले कोर्टमा अहिलेसम्म सफलता प्राप्त गर्न सकेकी छैनन् । उनले अहिलेसम्म आठ ग्रान्डस्लाम खेल्दा चार उपाधी जिति सकेकी छिन् ।

ओसाकाले सन २०१८ र २०२० मा युएस ओसन र २०१९ र २०२१ मा अस्ट्रेलियन ओपन जितेकी थिइन् । फ्रेन्च ओपमा उनी तेस्रो चरण भन्दा अघि जान सकेकी छैनन् । यो पटकको फ्रेन्च ओपनमा ओसाका पत्रकार सम्मेलनमा सहभागी नहुने विवादास्पद कदमका कारण प्रतियोगिता सुरु हुनु अघिनै चर्चामा आएकी थिइन् । उनको यो कदको मश्रित प्रतिकृया आइरहेको छ । यसलाई धेरैले सकारात्मक रुपमा लिए भने केहीले खेलाडीका लागि पत्रकार सम्मेलन आवश्यक रहेको उल्लेख गरे । उनले हिजो कोर्ट अन्र्तवार्तामा भने  सहभागिता जनाइन् ।

ताजा खबर