शीतल निवासमा 'दूरका ढोल'

२०७८ जेठ १६ आइतबार १३:४९:०० मा प्रकाशित

२०४२-४३ सालको कुरो । अपसेट प्रेस नभएकाले लेटर प्रेसबाटै छपाईको काम गर्नुपर्ने । बेला बेलाको रिकास्टिङ्ग अनि एउटा ब्लक बनाउनसम्म पनि फोटो बोकेर पट्ना कुद्नुपर्ने । हाम्रो गन्तव्य हुन्थ्यो– मथुरा प्रसाद । पछाडि कुनै थर जात छैन ।
 
     दुई चार पटकको आवतजावत पछिको घनिष्ठताबीच ‘खानपिन’ को बेला दाजुले थर जात नलेख्नुको रहस्यबारे जान्न खोज्नु भो । पारिवारिक वातावरण बुझ्न खोज्नु भो । उनको धारणा थियो– जात दुईटा मात्र हुन्छ्न् । एउटा स्त्री अर्को पुरुष । त्यसैले उनि मथुरा प्रसाद ।

    हरेक युवाले झैं उनले पनि युवावस्थामै प्रेम गरे ! उनकै भाषामा– ‘किया नहि ! बस हो गया !’ जातको नाममा स्त्री र पुरुष मात्रै मान्ने मथुरा प्रसादलाई चमारकी छोरी शान्तिसँग प्रेम बस्नलाई केहिले रोक्न सकेन ! उनको बैशालु बिद्रोहले शान्तिको रुप र यौवन मात्र देख्यो ! परिवारको जात धर्म संस्कारको पुराण सुनेन ! आफ्नो आदर्शको गाडीमा सवार शान्ति बाहेक केही देखेनन् ! शान्ति भित्रै सम्पूर्ण शान्ति देखे ! 

      पारिवारिक बिद्रोह पछि बाउले पाँच लाख नगद दिएर मथुरा प्रसादलाई घरबाट अलग गर्दिए ! बुहारीलाई त गनेकै थिएनन् ! गाउँ समाजबाट पनि बहिष्कृत भएपछि उनी शान्ति लिएर शान्तिको खोजिमा पट्ना बसाइँ सरे ! टाईप रिकास्टिङ्ग र ब्लक उद्योग उनको रोजिरोटिको सहारा बन्यो ! साथमा नवयौवना पत्नी ! युवा जोस जाँगर !! सडकमा मथुरा प्रसादको आदर्शको गाडी दौडिन थाल्यो !

      आह ! कस्तो सुन्दर सोच ? कस्तो आदर्श ? कति खुसहाल परिवार तपाईंको ! दाजुको यो बोलिपछि उनी केहीबेर टोलाए, भावुक देखिए !
 
     ‘कहते है न, प्यार अन्धा होता है ! खुसहाल नहि दुरका ढोल कहिए भरतजी ! हाम्रो जिज्ञासु नजरलाई चिर्दै उनले प्रष्ट गरे– ढोलको आवाज परबाट सुन्दा मात्रै मधुर लाग्छ नजीक भए कान थर्किन्छ ! उनको जीवनमा पनि त्यस्तै भयो ! आफुले सोचेजस्तो शान्ति उनले शान्तिमा पाउन सकेनन् ! चमारकी छोरी चमार नै रहि ! मथुरा प्रसादको सोच अनुसारको आदर्श पत्नी हुन सकिनन् या उनले बनाउन सकेनन् ! घर सफा सुग्घर राख्ने देखि बाल बच्चालाई स्याहार्ने त के, यहाँसम्म कि आएका पाहुनालाई चिया दिएर स्वागत गर्ने सामान्य संस्कार सिकाउनसम्म मथुरा प्रसाद असफल भए ! चमार परिवारबाट बच्चामा सिकेको संस्कार नै प्रौढ हुँदै गयो ! 

    चमार परिवार र चमार संस्कारमा हुर्के पनि आफूसँग ल्याएर आदर्श शान्ती बनाउने मथुरा प्रसादको सपनाले साथर्कता पाउन सकेन ! लामो सास फेर्दै उनले थपे– ‘नर्सरीमा सिक्नुपर्ने कुरो कलेजमा आएर कसरी सिक्नु ? मेरो प्रेम त्याग र आदर्शको बोझ उसले थाम्नै सकिन ! त्यसको मूल्य बुझ्नै सकिन !’
 
   यता धेरै मथुरा प्रसादको पनि हालत त्यस्तै छ ! हत्या अभियोगमै सहि बहुदल आगमन पछि किसान आन्दोलनको नाम दिएरै भएपनि चौध बर्ष जेल बसेको त्यागी ठानेर काङ्ग्रेसले  “झापा हत्याकाण्ड” किताब नै छापेर प्रचार गरेपनि ०४८ को चुनावबाट सांसद बनाईदिए झापालिले ! पार्टीले त स्वत त्यागी बनाएकै थियोे ! मन्त्री हुनु भो ! प्रधानमन्त्री हुनु भो ! तेह्रथुम र झापा बसाईका क्रममा जे जस्तो भए पनि पदिय दायित्व बढ्दै गएपछि पदिय मर्यादा कायम गर्लान् ! सुध्रेलान ! संस्कार सिक्लान भन्ने जनताको आशा र मथुरा प्रसादको आशाको एउटै चिहान भएको छ आज ! बच्चामा जानेको बुझेको र मानिआएको संस्कार यो बुढेसकालमा कसरी परिवर्तन होस् ? 

      उता पनि उस्तै ताल !

             बिधवा हुन ! एक्लै छन् भने काठमाडौंबासीले, सबैले माया गरे ! किशुनजी छोडेर उहाँलाई रोजे ! सांसद हुनु भो ! मन्त्री हुनु भो ! ऐतिहासिक राष्ट्रप्रमुख समेत हुन पुग्नु भो ! उहाँको संस्कार बुझ्न  धेरै पर  पुग्नैपर्दैन ! ०३७ – ०३८ सालतिरको मोरङ्ग कलेज पुग्नु नै काफी छ !!

     उता मथुरा प्रसादको आदर्शले हावा खायो । यता हाम्रो बिश्वास र भरोसाले प्राण त्याग्दैछ ! चमार पुत्री शान्तिले मथुरा प्रसादको माया प्रेम त्याग र आदर्श थेग्न नसके झैँ हाम्रा लेनिन शिष्यहरुले पनि जनताको माया प्रेम र भरोसा थेग्न सकेनन् ! संस्कार फेर्न सकेनन् !! पदिय मर्यादा बुझ्न सकेनन् !!

       केही दिन अघिको पर्दैन अन्कलको “पर्दैन” र हिहि आन्टिको “हिहि” पनि संस्कारकै उपज त होला नि ! आखिर दुबै दूरका ढोल साबित भए !

हैन त ????
 

ताजा खबर