विश्व कप: छनोट नेपाल यसरी खेल्दैछ

२०७८ जेठ १६ आइतबार १२:३३:०० मा प्रकाशित

काठमाडौं । विश्वकप छनोट खेल अघि भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६ –दुइ गोलले पराजित भएको छ । यसअघिका खेल भन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले दुइ एकको अग्रता जोगाउन सकेन । 

बसरा स्थित अल्फयहा अन्तराष्ट्रिय रंगशालामा भएको खेलको सातांै मिनेटमा घरेलु टोलीले कप्तान अला अब्दुल जहर खासिनको गोल मार्फत अग्रता लिएको थियो । उनले २५ यार्डबाट प्रहार गरेको फ्रि किक गोलकिपर किरण चेम्जोङको टाउको माथिबाट गोलमा परिणत भएको थियो । त्यसको एक मिनेट पछिनै नेपालले आत्मघाती गोल मार्फत खेल एक एकको बराबरीमा पुर्यायो ।

अञ्जन बिष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अहमेद इब्राहिम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए । १३ औं मिनेटमा अन्जन आफलेै गोल गर्ने अवसर गुमाएका थिए । २९ औं मिनेटमा नेपालले खेलमा दुइ एकको अग्रता बनायो । राष्ट्रिय टिममा डेब्यु गरेका मनिष डांगीले सन्तोष तामाङको पासमा सुन्दर गोल गरेका थिए । तर नेपालले यो  अग्रतालाइ निरन्तरता दिन सकेन् । ३९ औं मिनेटमा मोहम्मद अब्दुलजारा ओबेदेले बराबरी गोल फर्काए ।

इन्जुरी समयमा उनैले फेरी गोल गरेपछि नेपाल पहिलो हाफमा चार दुइले पछि परेको थियो । डिफेन्डर र गोलकिपर बीच सम्वन्य विग्रता इराकले दोस्रो हाफमा नेपाल विरुद्ध थप दुइ गोल गर्यो । ६७ औं मिनेटमा मोहनद अली र ७५ औं मिनेटमा सजाद जासिमले गोल गरेका थिए । नेपालले इराक विरुद्ध  अहिले सम्म जीत निकाल्न सकेको छैन् ।

यसअघि भएको तीन भेटमा पनि इराक विजयी भएको थियो । नेपाल र इराक  २० वर्षपछि पहिलो पटक आमने सामने भएका हुन् । इराक नेपाल भन्दा फिफा वरियतामा १ सय ३ स्थान माथि छ ।  यो खेल मार्फत नेपालका गौतम श्रेष्ठले पनि राष्ट्रिय टिमबाट डेब्यु गरे । नेपाली टोली अब विश्वकप छनोट खेलका लागि कुबेत प्रस्थान गर्नेछ ।

नेपालले जुन तीनमा चाइनिज ताइपेइ, ७ मा जोर्डन र ११ मा अस्ट्रेलियासँग खेल्नेछ ।

 

ताजा खबर