चेल्सिको हातमा नौ वर्षपछि च्याम्पियन्स लिगको  उपाधि 

२०७८ जेठ १६ आइतबार १२:२५:०० मा प्रकाशित

काठमाडौं । चेल्सिले नौ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ । चेल्सिले फाइनलमा अर्को इङलिस टोली म्यानचेस्टर सिटीलाइ एक शुन्य गोलले पराजित गर्दै दोस्रो पटक उपाधी उचालेको हो । चेल्सि यसखघि सन २०१२ मा विजेता बनेको थियो ।

पोर्चुगलको पोर्टोमा सिमित समर्थक बीच भएको फाइनलमा काइ हार्भट्सले गरेको एक मात्र गोल चेल्सिको जीतमा निर्णायक बन्यो । उनले ४२ औं मिनेटमा मेसोन माउन्टको पासमा  गोल गरेपछि चेल्सिले अग्रता लिएको थियो । हार्भट्सको च्याम्पियन्स लिगको यो पहिलो हो । त्यसअघि टिमो भेर्नरले पनि चेल्सिका लागि गोल गर्ने मौका गुमाएका थिए । सिटी भन्दा राम्रो देखिएको थोमस टुखेलको टालीले गोल संख्या बढाउने अरु अवसरको सदुपयोग गर्न सकेन ।

सब्सिच्युट क्रिस्यिटन पुलिचिसले दोस्रो हाफमा सिटी विरुद्ध गोल गर्न सकेनन् । तर प्रिमियर लिग च्याम्पियन सिटीले गोल फर्काउन नसक्दा एक गोलनै चेल्सिलाई च्याम्पियन बन्न पर्याप्त भयो । प्रशिक्षक पेप ग्वार्डिवालाले अन्त्यि तिर सर्जियो अग्वेरोलाइ मैदान प्रदेश गराएका थिए । अग्वेरोले यो सिजन सकिएसँगै सिटी छोड्दैछन् । टुखेलको यो पहिलो च्याम्पियन्स लिग उपाधी हो ।

 गत सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीलाइ फाइनल पुर्याएपनि बार्यन म्युनिखसँग पराजित हुनु परेको थियो । चेल्सिको प्रशिक्षकका रुपमा उनको यो पहिलो उपाधी हो । सिटीलाइ चेल्सिले लगातार तेस्रो पटक हराएको हो ।   सिटीले भने पहिलो च्याम्पियन्स लिग  उपाधी जित्न अझै कुर्नुपर्ने भएको छ ।

तेस्रो पटक च्याम्पियन बन्ने ग्वार्डिवालाको सपना पनि पुरा हुन सकेन ।

ताजा खबर