आइपिएलका बाँकी खेल युएइमा हुने

२०७८ जेठ १६ आइतबार १२:१९:०० मा प्रकाशित

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग आइपिएलका बाँकी खेल युएइमा हुने भएको छ । भारतीय क्रिकेट बोर्ड बिसीसीआइको विषेश बैठकले कोरोना भाइरसका कारण स्थगित गरिएको आइपिएल सेप्टेम्बर अक्टोबरमा पुन सुरु गर्ने निर्णय गरेको हो । खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएपछि गत मे ४ मा टि ट्वान्टी प्रतियोगिता आइपिएल स्थगित भएको थियो । 

सेप्टेम्बर नोभेम्बरमा भारतमा वर्षा सुरु हुने भएकाले आइपिएल युएइ सारिएको बताइएको छ । युएइमा आइपिएल पुन सुरु गर्ने विषयमा सर्वसम्मत निर्णय भएको बिसीसीआइले जानकारी दिएको छ । 

आइपिएलमा ३१ खेल खेलिन बाँकी छ । आइपिएल स्थगित हुदा दिल्ली क्यापिटल्स आठ खेलबाट ६ मा जीत हात पार्दै १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । चेन्नाइ सुपर किंस दोस्रो र रोयल च्यालेन्जर्स बैङलोर तेस्रो स्थानमा छ । सात सात खेलेका चेन्नाइ र बैङलोर दुवैको समान दश अंक छ । 

ताजा खबर