कोरोना असर: नेपालगञ्जमा निषेधाज्ञा 

२०७८ बैशाख ८ बुधबार १२:१४:०० मा प्रकाशित

बाँके। बढ्दो कोभिड १९ महामारीलाई ध्यानमा राखेर बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी गरिएको छ । 
 
संक्रमितको संख्या बढ्दै गएपछि बुधबार राति १२ बजेबाट लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गर्नुभएको निषेधाज्ञा बैशाख १५ गते राति १२ बजेसम्मलाई लागु हुने जनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गरिएको उल्लेख छ । 

अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई बाहिर निस्कन समेत रोक लगाइएको छ । बजार, यातायात, शिक्षण संस्था तथा सबै खालका सार्वजनिक कार्यक्रम समेत बन्द गरिएको छ । 

बाँकेमा बुधबार बिहानसम्म सक्रिय संक्रमित सात सय ३५ पुगेको छ । 

 

ताजा खबर